My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तमरा अभियानको प्रेस वक्तव्य

तमरा अभियानको प्रेस वक्तव्य


 तमरा अभियानको प्रेस वक्तव्य

*********************
मधेसी मोर्चाले घोर अनैतिक, अतार्किक र जनता प्रति कृतध्न कार्य गरेका हुन ! 
 

मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यस तीन बुँदे समझदारीका बिषयहरू केलाउनु आवश्यक    छैन । यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेसी जनता प्रतिको घोर कृतध्न कार्य हो । तराई मधेस राष्ट्रिय अभियानले यसलाई मधेसीको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य मान्दछ । मोर्चाको यस कूकार्यले मधेस आन्दोलनमा शहीद भएका र घाईते पिडीतहरूको तेजोबध गरिएको ठान्दछ । तमरा अभियान मधेसी मोर्चाको यस दुष्कार्यका प्रति अफशोच व्यक्त गर्दछ । 

संविधान जलाउनु, संविधानको पुनर्लेखनको मांग गर्नु,
अनि सोही संविधानको अक्षरश: कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ प्रधानमंत्रीको उम्मेदवार भएका सुशील कोईरालालाई भोट हाल्नु, फेरी  प्र.म. के.पी. ओली सरकारको बिरूद्ध अविश्वासको प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई वेवास्ता गरी अर्को सरकारको प्रधानमंत्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उस्को लागि मतदान गर्ने निर्णय गर्नुले नै स्पष्ट हुन्छ-कि मधेसी मोर्चा आजको दिनमा संसद भित्रको सत्तापक्ष भएको छ । नैतिकताले र संसदीय आदर्शले यही नै भन्छ । यति हुदाँहुदै मधेसी मोर्चाले आफुलाई मधेसी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानी माथीको ओभानो भन्ठान्नु हो । अर्थात, सम्पूर्ण रूपमा आफुलाई नग्न बनाई सकेपछि पनि बस्त्र लागाएको ठान्नु सरह हो । 
 
मधेसी मोर्चाको अरू थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै छ, जो चाडै देखिने नै छ । मधेसी जनताले यी सब तथ्यहरूको सही मूल्यांकन गर्नै पर्ने हुन्छ । यसको बस्तुनिष्ठ मूल्यांकन गरी सहीबाटो अख्तियार गरे मात्र मधेसका मांगहरू पुरा गराउने दिशामा हामी अगाडी बढन सक्छौ; अन्यथा दासत्व हामीले खोजेकै बिषय एवं नियति मानिने छ । तमरा अभियान मधेसका यी मोर्चा नामधारी गद्दारहरूको अब पनि पहिचान गरी अगाडीको बाटो पैल्याउन सबै मधेसी जनसमुदायमा अपील गर्दछ । 
जय प्रकाश गुप्ता
संयोजक
साउन १८ गते, २०७३