My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

एक मधेस एक प्रदेश अनिवार्य, मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं

एक मधेस एक प्रदेश अनिवार्य, मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं


                             एक मधेस एक प्रदेश अनिवार्य, मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं
जय प्रकाश गुप्ता

(भाद्र ७ गते, शनिवार, २०७१)

तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मधेशी जनताको राजनीतिक स्वशासनको संरचना मुलुकमा स्थापना नभएर सम्म मधेस समस्याको समाधान नहुने बताएका छन्।  मधेशी जनताको राजनीतिक स्वशासन भन्नु नै मधेसीहरूको स्वायत प्रदेश हो । गुप्ताले एक मधेस एक प्रदेश अनिवार्य रहेको बताएका छन् । यसको स्थापनाको लागि जुन सुकै बलिदानी दिएर लड्ने, तर आत्मसमपर्ण गर्न नहुने उनले बताए । उनले मुलुकको राजनीतिक परिस्थिति सम्वेदनशील अवस्थामा पुगेकाले एक मधेस एक प्रदेशको निर्माणका लागि ऐक्यबद्ध हुन मधेसी समुदायलाई आह्वानसमेत गरे । नयाँ संविधानमा उत्तर र दक्षिण जोडेर तराईलाई पाँच वा सात प्रदेशमा बाँड्ने तरखर भइरहेको भन्दै उनले त्यसो गरिए मधेसका लागि अस्वीकार्य हुने बताए । विराटनगरमा शनिवार तराई मधेश राष्ट्रिय अभियान जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको एक दिने जिल्ला प्रशिक्षण शिविरमालाई सम्वोधन गदै संयोजक गुप्ताले यस्तो बताएका हुन्।

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले मधेसीको पहिचानलाई मान्यता नदिए अब बन्ने नयाँ संविधान आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । संविधान जलाउने कुरा भन्दा पनि संविधानको अस्तित्व नै अन्त्य हुने उनको भनाइ छ । मधेसीको पहिचानलाई समाप्त पर्ने खेल हुँदैछगुप्ताले भने-यदि संविधानमा नै हाम्रो पहिचान समाप्त गरियो भने संविधान नै मृत्युतुल्य  हुनेछ । मधेशी जनताको राजनीतिक एजेन्डा संविधानमा स्थापना भए मात्र आन्दोलन पुराहुने बताउदै गुप्ताले भने, मधेशको आन्दोलन तब सार्थकता प्राप्त गर्दछ, तव मधेशी जनताको राजनीतिक स्वशासनको संरचना संविधानमा स्थापित हुन्छ ।‘   हामीले मधेशको एजेन्डा स्थापित गर्न नसके भावी पुस्ता र पिढीलाई जिम्मा दिएर जाने तर राज्यसंग घुडा नटेक्ने उनले धारणा राखे।

उनले मधेशी जनताको राजनीतिक स्वशासनको संरचना स्थापित गर्ने सडक आन्दोलनको विकल्प नरहेको बताउदै उनले भने,–‘त्यसका लागि राजनीतिक विचारले लैस अनि प्रतिवद्ध नेता कार्यकर्ता समेटेको क्रान्तिकारी शक्तिको आवश्कता रहेको छ। वर्तमान समयमा मधेशको राजनीतिकमा स्पष्ट रुपमा दुईधार देखापरेको उनले बताउदै भने, मौकापरस्त र अवसरवादी धार जसले सताको लागि मधेशको मुद्धालाई विसर्जन गर्ने र अर्को मधेशमा विकसित भएको नवआत्मवोध र नया बिद्रौही चेतनालाई संगठित पादै मधेशको एजेन्डालाई आन्दोलनको वलमा स्थापित गर्ने धार रहेको छ। उनले दलहरुले जारी गर्ने भनिएको संविधानको मस्यौदा परिवर्तन र मधेशको एजेन्डालाई समेटेर जारी नगरे मुलुकको लागि दुर्भाग्य हुने चेतावनी दिए । उनले भने मस्यौदामा मधेशको राजनीतिक एजेन्डा र पहिचानको मान्यता नदिए शान्तिपुर्ण निर्णायक  संघर्षको थाल्नी गर्ने उद्घोष गरे । कांग्रेस एमालेको उतरदक्षिण गरेर पांच देखि सात प्रदेश बनाउने मनस्थिती रहेको बताउदै त्यसको विरुद्धमा एक मधेश प्रदेश स्थापना गर्ने  सवैलाई एक भएर सर्षघ मा उत्रिन आग्रह समेत उनले गरे ।

विराटनगरको सो कार्यकर्ता प्रशिक्षण शिविरलाई सम्वोधन गर्दै गुप्ताले कांग्रेस, एमाले र एमाओवादीका नेताहरु मस्यौता निर्माणको क्रममा मधेसीको पहिचानलाई समाप्त पर्ने खेलमा लागेको अरोप लगाए । प्रदेश निर्माणका क्रममा मधेसीहरुलाई कमजोर पार्ने षडयन्त्र भई रहेकाले भन्दै उनले मधेसी समुदायले आफनो मुद्दालाई स्थिापित गर्न खवरदारी आवश्य रहेको गुप्ताको भनाइ थियो । संविधान सभामा अहिले राज्यको पुनर्संरचना सम्बन्धि गत संविधान सभाको सिफारिशलाई तुहाउने योजनावद्ध तथा नियोजित कार्यको मंचन हुदैछ उनले भने, अहिलेको छलफलको दिशा र मुख्य राजनीतिक दलहरूले देखाएको नियतबाट प्रतिगमनको स्पष्ट संकेत देखा पर्दछ । काँग्रेसएमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित रहेको उनले बताए ।

सो अभियानका विदेश विभाग प्रमुख देवेश झाले पहिलो संविधानसभामा परिवर्तनकारी शक्ति बहुमतमा भएपनि संविधान बनाउन नसकेको उल्लेख गर्दै अहिले परिवर्तनकारी समूह नै अल्पमतमा रहेकाले मधेसको हितमा संविधान बन्ने सम्भावना कम देखिएको बताए । सोही सभामा, राजनीतिक विचारले लैस अनि प्रतिवद्ध नेता तथा कार्यकर्ताहरूले मात्र संघर्ष तथा आन्दोलनको नेतृत्व गर्ने सक्ने उदेश्यले अभियानले एक दिने शिविरको आयोजना गरेको मोरङ जिल्ला संयोजक जफर अहमद जमाली जानकारी दिए । जमालीका अनुसार शिविरमा जिल्लाका दुई सय अगुवा नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा मधेश आन्दोलनको क्रममा मोरङमा नेतृत्वको भुमिका निर्वाह गरेका युवा नेता सलिम अन्सारले चार दर्जन युवाहरु सहित अभियानमा प्रवेश गरेका   छन् । उनले मधेश आन्दोलनले  निर्धारण गरेको मधेशको राजनीतिक एजेन्डामा तमरा अभियान अडिग भई अग्रसर भएकाले अभियानमा प्रवेश गरेको बताए । तमरा अभियानका केन्द्रिय परिषदका सदस्य सनातन मंडलले संचान गरेको कार्यक्रममा स्वागत अभियानका परिषद सदस्य अञ्जय मिश्र, केन्द्रिय संगठन विभाग प्रमुख आरडी आजाद, आत्माराम साह, सिपू तिवारी, अमर मंडल लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।