My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तमरा अभियानको राष्ट्रिय परिषदको बैठक गरूडामा हुने ।


 तमरा अभियानको प्रेस विज्ञप्ति
 
१)     तराई मधेस राष्ट्रिय अभियानको उच्च स्तरीय कार्यकारी बैठक साउन २ गते बीरगंजमा सम्पन्न भएको छ । यस बैठकले अभियानको दोस्रो राष्ट्रिय परिषदको बैठक आउदो २०७१, असोजको ३ र ४ गते रौतहट जिल्लाको गरुडा बजारमा भव्यताका साथ आयोजन हुने निर्णय गरेको छ । राष्ट्रिय परिषद, अभियानको सर्वोच्च निकाय हो । यसअघि २०७०, असोज ३ गते बिराटनगरमा सम्पन्न भएको राष्ट्रिय परिषदको बैठकले अभियान संविधान सभाको निर्वाचनमा भाग नलिने ऐतिहासिक निर्णय लिएको थियो ।

२)     अभियानको उच्च स्तरीय कार्यकारी बैठकले वर्तमान संविधान सभाको कार्य दिशाको गंभीर मूल्यांकन गर्दै यो संविधान सभाले मधेसी, जनजाति र राज्यको एकात्मवादी संरचनामा आमूल रुपान्तरणका लागि संघर्षरत् समुदायहरूको अपेक्षा पूरागर्न नसक्ने संभावनाको किटान गरेको छ । संविधान सभा भित्र नेपाली कांग्रेस र एमालेको उक्त प्रतिगमनकारी सोचलाई निरस्त गर्न मुख्य प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको एकिकृत नेकपा माओवादी असफल हुदै गएको छ । मधेस केन्द्रीत दलहरू इतिहासबाट कुनै शिक्षा नलिएर झन्झन् सत्ता मर्पण र मुद्दा विर्सजनको बाटोमा रोगग्रस्त भै घिस्रिदै गएकोले संविधान सभा भित्रको प्रतिपक्षी दबावबाट संविधान निर्माणको प्रक्रिया सकारात्मक दिशामा बढने कुनै संभावना नरहेको निष्कर्ष अभियानको बैठकले निकालेको छ । उपर्युक्त राजनीतिक बिश्लेषण र ठहरहरूको आधारमा असोज ३ र ४ हुने अभियानको राष्ट्रिय परिषदको बैठकबाट तमरा अभियानले शसक्त आन्दोलनको निर्णय गर्नुपर्ने औचित्य बन्दै गएको बैठकले आंकलन गरेको छ । 

३)     अभियानको सोही उच्चस्तरीय कार्यकारी बैठकले अगामी दिनमा अभियानको संगठनलाई क्रांतिकरण गर्न, नयां संगठनको निर्माणलाई तिव्रता दिन तथा संगठन सम्बन्धि सबै कार्यहरू सम्पादन गर्न अभियानका नेता आर.डी. आजाद संयोजक रहेको संगठन विभाग गठन गरेको छ । यसमा बढीमा सात जना सदस्यहरू रहनेछन् ।

४)     तमरा अभियानको भातृ संगठन तराई मधेस युवा अभियानको केन्द्रीय कार्य समितिको विस्तार गरिएको छ । ललित मल्लिक अध्यक्ष रहेको स्थापनाकालिन केन्द्रीय कार्य समितिमा क्रमशः जयन्त विवेक, मनोज सहनी, रविलाल कर्ण, महेश कुमार चौधरी, मो. रेजाबूल अंसारी, बशन्त कुमार चौधरी, श्याम बाबू कामती र बाबा राजेश पटेललाई थपगरी समिति विस्तार गरिएको छ ।

५)    यही साउन ३ गतेका दिन बीरगंज स्थित गोपालमंडलीमा तमरा अभियानको पर्सा िल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण शिविर सम्पन्न भएको छ । यसमा १५० जना संगठित सदस्यहरूको उपस्थिति थियो । तमरा अभियानका नेताहरू आत्माराम प्रसाद साह, देवेश झा, आर.डी. आजाद, सिपु तिवारी, जफर जमाली, अमर मण्डल आदिले वर्तमान संविधान सभाको कार्यदिशा, मधेसी युवाहरूको  दायित्व तथा भूमिका, आन्दोलनको आवश्यकता जस्ता विभिन्न समसामयिक बिषयहरूका वारेमा कार्यकर्ताहरूलाई बृहद् प्रशिक्षण दिनु भएको थियो । यो प्रशिक्षणको उद्देश्य अब विचारले लैश तथा प्रतिवद्ध कार्यकर्ताहरूको बलमा निर्णायक मधेस आन्दोलनको तयारी गर्नु हो ।

६)     बिभिन्न पार्टी तथा संगठनहरू परित्यागगरी मधेसका केही नेताहरू तमरा अभियानमा प्रवेश गर्नु भएको छ । ने.का. पर्सा िल्ला कार्य समितिका पूर्व सहसचिव तथा दलित नेता श्री अशोक कुमार राउत, सदभावना पार्टी पर्सा िल्ला समितिका पूर्व  अध्यक्ष श्री छोटेलाल साह र नेपाल ट्रेड यूनियन कांग्रेसका मजदूर नेता श्री राजेस्वर चौरसिया अभियानमा प्रवेश गर्नु भएको  छ । अभियानले उहांहरूलाई ससम्मान स्वागत गरेको छ । धन्यवाद ।
 जयप्रकाश प्रसाद गुप्ता

 केन्द्रीय संयोजक                                         बीरगंज, २०७१, साउन गते