My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तमरा अभियानको प्रेस नोटः अब संघर्षको लागि अभियानमा सरिक हुन मधेसका सबै क्रान्तिकारीहरुमा अपील ।

तमरा अभियानको प्रेस नोटः अब संघर्षको लागि अभियानमा सरिक हुन मधेसका सबै क्रान्तिकारीहरुमा अपील ।


 तमरा अभियानको प्रेस नोट
 
राई मधेस राष्ट्रिय अभियान आफ्नो संगठन सुदृढीकरणका लागि हाल बिभिन्न जिल्लाहरुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाएको छ । विचारले लैस संगठन र ठोस कार्यक्रम प्रतिको प्रतिवद्धताकै आधारमा मधेस केन्द्रीत पार्टी तथा राजनीतिक संगठनहरु अविभाजित तथा अविचलित रहन सक्दछ । वितेको समयमा मधेसी राजनीतिक पार्टीहरूले विचारलाई प्रधानता नदिएको र आफुहरुले तय गरेको कार्यनीतिमा प्रतिवद्ध भै अगाडी बढन नसकै कारणले एकतावद्ध नरहेको तथा पटक-पटक विभाजित हुनु परेको यथार्थ हो । पटक-पटकको विभाजन, गूट र फूटको कारणले नै मधेस आन्दोलनका उपलब्धिहरुको रक्षा गर्न सकिएको छैन । अबको आन्दोलन बरु ढिलो होस् । तर, आन्दोलनका उपलब्धिहरुको रक्षा हुनैपर्दछ । यसको लागि अतितबाट शिक्षा लिएर आजैदेखि विचारमा आधारित र ठोस कार्यनीतिका प्रति दृढ संगठनको निर्माण कार्यमा तमरा अभियान बढेको छ ।

तमरा अभियानको यस सोचलाई मूर्तरुप दिन हाल यस संगठनमा सरिक हुन क्रान्तिकारी मधेसी नेता-कार्यकर्ताहरुमा चाहना बढेको छ । भर्खरै सप्तरी जिल्लाको एक कार्यक्रममा मधेसी जनअधिकार फोरम-मधेस पार्टीका केन्द्रीय उपाध्यक्ष विवेकानन्द सिंह, महासचिव सुरेन्द्र प्रसाद साह लगायतका दर्जन बढी केन्द्र स्तरीय नेताहरु तमरा अभियानमा सरिक भए । यसरी नै सप्तरीमै पहिलो मधेस आन्दोलन बेलाका मधेसी जनअधिकार फोरम-नेपालका जिल्ला अध्यक्ष हरेराम यादव लगायत महत्वपूर्ण नेताहरु अभियानमा सरिक भएका छन् । सर्लाहीमा स्व. श्री गजेन्द्र नारायण सिंहका सद्भावना परिषदकालिन सहकर्मीहरु राधाकान्त झा र माष्टर साहेव बैद्यनाथ महतो लगायतका उपल्लो तहका नेताहरु अभियानमा सरिक भएका छन् । यसै क्रममा आजै विराटनगरमा एकिकृत ने.क.पा.(माओवादी) का नेता राम प्रसाद साह, सदभावना पार्टीका नेता सुमन साह लगायत मधेसी जन अधिकार फोरम-मधेसका केही जिल्ला स्तरीय नेताहरु तमरा अभियानमा सहभागी भएका छन् । जेठ २१ गते विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा अभियानका संयोजक जय प्रकाश गुप्ताले संगठनमा प्रवेश गर्नेहरुको स्वागत गर्दै सदस्यता दिनु भयो ।

राई मधेस राष्ट्रिय अभियान वर्तमान संविधान सभाबाट मधेस आन्दोलनका चाहना अनुसार संविधान बन्ने कुरामा आशा राखेको छैन । यस्तो अवस्थामा हाल संविधान सभामा रहेका मधेसका सत्ता मर्पण र मुद्दा विर्सजनवादी दलहरुले निश्चित रुपमा मधेस विरोधी संविधानलाई स्वीकार्ने नै छन् । तर, त्यस्तो एकात्मवादी संविधानलाई भने आम मधेसी जनताले किमार्थ पनि स्वीकार्ने छैनन् । फलतः मधेसी जनताले आत्म मर्पण र संघर्षको विकल्पमा संघर्षलाई नै रोज्नु पर्ने हुन्छ । यस संघर्षको नेतृत्व अब तराई मधेस राष्ट्रिय अभियानले नै गर्नेछ । यसर्थ, यस संघर्षको तयारीका लागि यस अभियानमा सरिक हुन अभियान मधेसका सबै क्रान्तिकारी नेता-कार्यकर्ताहरुमा अपील गर्दछ । 


 
बिराटनगर, जेठ २१ गते, २०७१