My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू


 आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू
 
मधेसी मोर्चाले मधेस आन्दोलनलार्इ तुहाएको छ । कुनैपनि आन्दोलनको मुख्य तीन आधार हुन्छनः  एजेन्डा, संगठन र नेतृत्व । मधेस आन्दोलनका एजेण्डाहरू नयां होइन ।  मधेस आन्दोलन मधेसी मोर्चा भित्रका दलहरूको संगठन शक्तिको आधारमा भएको पनि होइन । तर, कथित नेतृत्व भने मधेसी मोर्चाकै रहन गयो । यद्यपि आजसम्मको मधेस आन्दोलन चलेको नै एजेन्डाका कारणले हो । नेतृत्व र संगठन बिना पनि आन्दोलन कुनै न कुनै रूपमा जारी थियो । तर, अहिले भने मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।


 
यो तेस्रो मधेस आन्दोलन तुहिनुमा मधेसी मोर्चाको नेतृत्वको सामूहिक असफलता, संकुचित सोच, व्यक्तिगत अहंकार मुख्य कारण हो । संक्षेपमा भन्नु पर्दा नेतृत्व कै  कारणले आन्दोलन हाललाई तुहिएको हो । एजेन्डा पूरा हुन सकेन । अब आन्दोलनले नयाँ नेतृत्व खोजेको छ । नयाँ नेतृत्व भनेकै नयां संगठन हो ।


 
अहिले केहीले वीरगन्ज नाका खुल्नु र आन्दोलन लामो हुनु तुहिनुको कारण भनिदैछ । तत्काल यसो देखिएपनि यही नै कारण होइन । वीरगन्ज वा अरु कुनै नाका खुल्नुसँग मात्रै यो सम्बन्धित छैन । मधेसी मोर्चाका गल्तीहरूको बिश्लेषण गरेर यसको कारण बुझ्न सकिन्छ ।


 
गल्ती नम्बर १

आन्दोलनका लागि मधेसमा आन्दोलनरत् सबैपक्षको महागठबन्धन बन्नु पर्ने कुरा मधेसी जनताको चाहना थियो । एउटै महागठबन्धन बनोस्, सबैको मांग समेटेर एउटै मांगपत्र होस् र मधेसी थरूहट सबै मिलाएर एउटै वार्ता टोली होस्–यो जनताको मांग थियो । तमरा अभियानले शुरू देखि नै यो मांग राख्दै आएको थियो । यसलार्इ मधेसी मोर्चाले कहिल्यै मानेन । आन्दोलन तुहिसकेपछि अहिले मोर्च बिस्तारको के अर्थ छ ? यही कुरा अलिक अगाडी नै भएको भए यस्तो अवस्था नै आउने थिएन ।

 
गल्ती नम्बर २

मोर्चाले जतिनै आन्दोलनको कुरा गरेपनि भित्री मनबाट मोर्चा सत्ताको खेलमा रहदै आएको छ । आन्दोलन उत्कर्षमा भएको बेला मोर्चाले ठिक पहल गरेन । बरू, सरकारको विकल्प खोज्ने खेलमा लाग्यो । आन्दोलन र सत्ता समिकरणको दांउपेच संगै चलाए । फलतः सरकारले र ठूला दलहरूले मांगहरूका वारेमा  गंभीर भएनन् । अब मोर्चाले आगामी दिनमा सत्ता समीकरणमा झन् लिप्त हुनेछन् । आन्दोलन मधेसी मोर्चाको अर्जुन दृष्टी हुन सकेन ।

 गल्ती नम्बर ३

कांग्रेस, एमाले, एमाओवादी र बिजय गच्छदारका बीच आन्दोलन सुरु हुनुभन्दा पहिले नै भएको १६ बुँदे सहमतिले भोली बन्ने संविधानको रूप स्पष्ट गरिसकेको थियो । यस सहमतिबाट उक्त तीनवटै दलको संविधानसभामा दुई तिहाई भै सकेको थियो । त्यसलाई मोर्चाले बुझ्न नसक्नु ठुलो गल्ती थियो । त्यति बेलै मोर्चाले निर्णय गर्नुपर्थ्यो– यसरी बन्ने संविधान नमान्ने भनेर ।

 गल्ती नम्बर ४

संबिधान जारी हुने बेलामा मोर्चाले संविधान सभा बहिष्कार गर्यो ।  संविधान मान्दैनौं भन्यो । तर संविधान सभा छोड्ने हिम्मत गरेन ।  यसबाट तीन दलले बुझ्यो यो मोर्चाको घुर्की हो । र, यो घुर्की संविधान नल्याइन्जेल मात्रै हो । यसैले यो मोर्चाको कमजोरी बन्यो ।

 गल्ती नम्बर ५

संविधान बन्ने प्रक्रियाको बहिष्कार गरेर हिडेको मोर्चा प्रधानमन्त्री निर्वाचनमा फर्किनु तेस्रो ठूलो गल्ती थियो । अझै मोर्चाले भोट त्यो पार्टी, नेपाली कांग्रेसलार्इ दियो, जस्को सरकारले भर्खरै मधेसका ४० कार्यकर्तालाई मारेको थियो । यसले गर्दा आन्दोलनको नैतिक शक्ति कमजोर हुन गयो ।

 गल्ती नम्बर ६

मोर्चाले आन्दोलनलार्इ सानो क्षेत्रमा मात्र केन्द्रित गर्यो । खासगरी सप्तरीदेखि पर्सासम्म मात्र आन्दोलनमा ध्यान दिइयो । निहीत स्वार्थका लागि आन्दोलनको क्षेत्रलार्इ बढाइएन । मोर्चाका नेताहरुको ध्यान आन्दोलनको आधारमा आगामी निर्वाचनमा कसले कति प्रभाव बढाउने कुरामा केन्द्रित भयो । जेपी गुप्ताको तमरा अभियान, मातृका यादवहरूसंग सहकार्य गर्‍यो भने उनीहरुले पनि सेयर खोज्छन् । यसैले आगामि निर्वाचनमा सबै आफैंले मात्रै फाइदा लिउ भनेर मोर्चाले निषेधको राजनीति  गर्‍यो । आन्दोलन भन्दा पनि सदस्यता अभियानमा लागे ।

 गल्ती नम्बर ७

नेपाली राजनीतिमा भारत बलियो र प्रभावशाली खेलाडी हो । कांग्रेस, एमाले, माओवादी र बिजय गच्छदारका तत्कालिन मोर्चाले गरेको १६ बुँदे सहमतिको बखत यिनीहरूले भारतलाई विश्वासमा लिएनन् ।

१२ बुँदे सहमतिदेखि अन्य सबै गतिविधिमा भारतको साथ लिने तर अन्तिम बिन्दुमा आएर नपुछ्दिएपछि भारतले चित्त दुखायो । १६ बुँदेले भारतसँगै मधेसी मोर्चालाई पनि बाहिर राख्यो । यसैले भारत र मोर्चा एकै ठाउँमा बस्न गयो । तर, मोर्चाले भने भारतमा मात्र निर्भर हुन गयो । मधेसी जनताले गरेको आन्दोलन भारतको जिम्मामा पुग्यो । नाकाबन्दी यसैको परिणाम हो । नाकाबन्दीको निर्णय पछि मोर्चाले सदरमुकाम र राजमार्गको आन्दोलनबाट ध्यान हटायो जनताको शक्तिमा ध्यान गएन ।

 गल्ती नम्बर ८

मोर्चा नेताहरु आन्दोलन प्रति इमान्दार भएनन् । व्यक्ति केन्द्रित भए । निजी प्रचारमा लागे । यसले गर्दा आन्दोलनमा मोर्चाका नेताहरुका बीच तालमेल भएन । एकले अर्कालार्इ असफल बनाउने खेल शुरू गरे । राजेन्द्र महतो र उपेन्द्र यादव बीचको गाली गलौज यसैका उदाहरण हुन् । विराटनगरमा नाकाबन्दी सफल नहुनुमा उपेन्द्र प्रति प्रश्न खडा भयो । रुपन्देही, कपिलवस्तुका वारेमा  महन्थ ठाकुरको प्रतिष्ठामा सवाल उठयो । महेन्द्र यादवको भागमा काकरभिट्टा परेको थियो । उनि एक मिनेटका लागि पनि काकरभिट्टा गएनन् । यी सबमा नेतृत्वको होडबाजी तथा बेइमानी देखिएकै हो ।

गल्ती नम्बर ९

मोर्चाका नेताहरू भारतको घरेलु राजनीतिमा हात हाले । विहार प्रान्तमा लालु यादवले मधेसको मुद्दामा नरेन्द्र मोदीलार्इ घेर्ने दांउ खेले । नेपालको सन्दर्भमा मोदी असफल भयो भने राजनीति थाले । मधेसी मोर्चाका नेताहरू यस खेलको गोटी बने । विहारमा भएका मोदी बिरोधी सभाहरूमा भाग लिए । यसबाट भारतीय जनता पार्टी  रिसायो । यसैको परिणाम स्वरूप नेपालको सरकारसंग भारत सरकारले हात  मिलायो । भारतले आखिरमा शक्तिशालीलाई नै साथ दियो । नेपालको आजको राजनीतिमा एमाले–कांग्रेसहरू शक्तिशाली देखिए । भारतले शक्तिशालीलाई नै साथ दियो र अन्तत: नाकाबन्दी खुल्यो ।

गल्ती नम्बर १०

मधेसको राजनीतिमा पहिलेदेखि नै तीनवटा धार रहँदै आएको छ । एउटा मधेसको नाममा राजनीति गरेर काठमाडौंमा आएर त्यसको आनन्द लिनेसत्ता समर्पण र मुद्दा विसर्जनवादीहरूको धार । यो नै मधेसी मोर्चाको धार हो । अर्को, मधेसीको नाममा राजनीति गर्ने र मधेसको एजेन्डालाई पूरा गराउन खोज्नेएजेन्डावादी धार । तमरा अभियान यही धारमा पर्दछ । तेस्रो नवोदीत पृथकतावादी धार । सी.के. राउतको धार । यो तीनटै धारका बीचमा सहकार्यले मधेस आन्दोलनलार्इ निर्णायक बनाउने थियो । तर, मधेसी मोर्चामा खासगरी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अहंकार र अरू प्रति निषेधको राजनीतिले गर्दा यी तीनवटै धारलार्इ एउटै एजेण्डा तथा कार्यनीतिमा ल्याउने कार्य भएन । यो दुराग्रह अहिले पनि जारी  छ ।

 आन्दोलनलार्इ हाल मोर्चाले तुहाएपनि आन्दोलन समाप्त भएको छैन । उही मोर्चाबाट फेरी मधेसका एजेण्डाहरूलार्इ पुरा गराउन कोही सोच्दछ भने यो अर्को ठूलो भुल हुनेछ । अब नयां संगठनबाट मात्र यो महान उद्देश्यको प्राप्ति हुन सक्छ । तमरा अभियान लगायतले अबयस दिशामा कार्य गर्नु पर्दछ ।

****