My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति


नेपाल पुलिस ः कत्ति फरक आयो-कर्तव्य, सोच, चिन्तन र कार्यमा ?  
जय प्रकाश गुप्ता      
 
 आज भोली पत्रपत्रिका, सामाजिक संजाल र अनलाईन नेटवर्कहरूमा प्रहरी र तिनीबाट हुने ज्यादतीका वारेमा गंभीर बहस भैरहेको छ । भरखरै कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् । नेपालमा प्रहरीको सेवा कतिपय सन्दर्भमा असाध्य प्रशंसनीय रहेकोमा दुइमत  छैन । तर, यस सेवा क्षेत्रमा नदेखिनेगरी विगत देखि नै ठूलै ठाउं ओगट्न पुगेका करामती प्रहरीहरूको आधारभूत अमानवीय प्रवृतिका वारेमा बल्ल चर्चा हुदैछ ।


एक घटना बताऊ, कुरा वि.स. २०३९ सालमा बिराटनगरको हो । म त्यही थिए । कोशी अञ्चलमा बडो कडा मिजासका अञ्चलाधिश थिए-ललित बहादुर बम । मोरंगमा डि.एस.पि. थिए, झन चर्को-गगनचन्द ठाकुर । अनि इन्स्पेक्टर कृष्ण बस्नेत । एकजना सेठ जी भन्ने राजेन्द्र चौधरी नामका भारत विहार त्रिवेणीगंजका अपराधी सप्तरी र सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्थे । उनि नेपालमा शरण लिई सीमावर्ती भारतमा धन्दा गर्थे । नेपालमा अपराध गर्दैन्थे । एकदिन अञ्चलाधिश ललित बहादुर बमलाई भनेर डि.एस.पि. गगनचन्द ठाकुरले उनलाई कोशी ब्यारेजबाट पक्रेर मोरंग ल्याए । भारतलाई सुपुर्द नगर्ने शर्तमा समझदारी भयो । उनि राजेन्द्र चौधरीलाई हाम्रै राजनीतिक साथीहरूसंगै सुरक्षा कानून अन्तर्गत बिराटनगरको जेलमा राखियो । मासिक नजराना दिनु परेपनि जेलमा राजबन्दी सरह बस्न पाएकोमा उनि दंग नै थिए ।

राजा बीरेन्द्रको पूर्वाञ्चल सवारी थियो । केहीदिन भित्रै राजाको बिराटनगर स्थित मातृका प्रसाद कोइरालाको निवासमा सवारी हुने कार्यक्रम निधो भएको थियो । हामी कांग्रेसीहरू भागाभागमा परेका  थियौं । उमेश गिरी, शैलेश आचार्यहरू जेल परे । म लगायत भूमिगत भयौं । यही बेला बिराटनगर मूल बजारमा रहेको बंशल इम्पोरियममा एक रात ठूलो डाका पर्‍यो । बंशलका धेरै सम्पति डाकाले लगे । राजाको सवारी पूर्व यो ठूलै अपशकुन थियो-प्रहरीको लागि । साख बचाउन समस्या भयो । जसरी भएपनि सवारी पहिले डाका कि त समातिनु पर्‍यो कि त मारिनु पर्‍यो । डिएसपिहरूले अञ्चलाधिशसंगको परामर्शमा जेलमा रहेका राजेन्द्र चौधरी सेठ जीसंग इन्काउन्टरमा मार्नका लागि केही मानिसको मांग   गरे । राजेन्द्रको लागि यो क्षण बडो प्रलयकारी थियो । उनि भारत सुपुर्द हुन चाहदैन्थे । गंभीर अपराधहरूमा सूट एट साईटको आदेश थियो ।

एकाबिहानै हामीले रेडियो नेपालबाट समाचार सुन्यौं । बिराटनगर-दुहबी रोडमा निबुआ चौक, अहिले जहांबाट मनमोहन पोल्टेक्निक जाने बाटो मोडिन्छ । आज जस्तो हैन, त्यहां त्यस बेला दिउसै सुनसान हुन्थ्यो । नहरको यौटा जीर्ण घर थियो । त्यहीं, त्यस राती "बंशलकोमा डाका गर्ने समूहले मिटींग गरिरहदां सुइको पाई प्रहरी पुग्यो । इन्काउन्टर   भयो । चार जना अपराधी डाका मारिएं" भन्ने समाचार रेडियो नेपालबाट प्रसारित भएको थियो ।

बिराटनगर जेलमा विचरा राजेन्द्र चौधरी सेठ जी मर्माहत थिए । बारम्बार मुर्च्छा परिरहेका थिए । उनि असःहाय भएर स्वयं बिराटनगर तीनटोलियामै डेरा राखेर बसाएका आफ्नै चारजना मानिस, जस मध्येका एक उनका नजिकका नातेदार नै थिए-तिनीहरूलाई प्रहरी प्रशासनको साख बचाउन इन्काउन्टरका लागि लान ठेगान बताईदिएका थिए-राजेन्द्र  चौधरीले । ती सबै मारिए । बिराटनगरमा रमाइलो भयो । राजा, नेता, व्यापारी, प्रशासन सबै खुशी । सबैतिर महाराजाधिराज सरकारको जय जय । तर, जेलमा हैन ।

यो घटना धेरै पुरानो भयो । यति धेरै पुरानो कुरा न सम्झे पनि हुन्छ । तर, केही बर्ष अघिपनि यस्ता अनेकन् घटनाहरू भएका छन् । आजपनि भैरहेको छ । वि.स.२०६२ साल असार १ गते सीमावर्ती भारतीय शहरमा पक्रेर नेपाल भित्र ल्याई प्रहरीले माओवादीका नेता देव नारायण यादवलाई मारे । वि.स. २०६६ साल साउन ३ गते विहारका पुलिसले मधुबनीमा पक्रेर सिरहाका प्रहरीलाई बुझाई दिएका राम नारायण महत्तो (मैनेजर) लाई प्रहरीले भोली पल्ट साउन ४ गते भीडन्तमा मारिएको भन्यो । वि.स. २०६० असोज २१ गते धनुषामा प्रहरीले ११ जना युवाहरूलाई गिरफ्तार गर्‍यो । त्यस मध्येका संजीव लाभ, दुर्गेस लाभ, जीतेन्द्र झा,  प्रमोद नारायण मंडल,  शैलेन्द्र यादव समेतलाई हत्या गरेर कमला नदीको बगरमा पुरियो । वि.स. २०६२ ताका शाही सत्ताका दौरान रौतहटका अजय यादवलाई प्रहरीले हत्या गरेर बागमतीको बगरमा फ्याकि दियो । अजय यादव माओवादीबाट बिद्रोहगरी निस्केका थिए । प्रहरीको सहयोगमा तिनले आफूलाई मधेसी टाइगर भनी कयौं माओवादीको हत्या गरे । अजय प्रहरीका निम्ति घाडो भए, पुलिसलाई नै ब्ल्याकमेलिंग गर्न थाले । नेपाल पुलिसले उनलाई भारतको सहयोगमा झारखण्ड प्रदेशबाट झिकाए र गोली हानी मारे । वि.स. २०६१ को अन्त्य तिर सप्तरीमा प्रहरीले माओवादीका बिरुद्ध सत्यनारायण मण्डललाई प्रयोग गरे । कांग्रेसका कार्यकर्ता सत्यनारायणलाई माओवादीले दुइ पटक हत्या गर्ने प्रयत्न गरेका थिए । उनि बांचे र प्रहरीको सहयोगमा माओवादी कार्यकर्ता जीवानन्द भिण्डवारको हत्या गरेर शसस्त्र प्रहरीको क्याम्प बरमझियामा शरण लिए । माओवादी समर्थक मानव अधिकारवादीहरूले शसस्त्र प्रहरीमा धर्ना दिई दबाव बनाएपछि पुलिसलाई बुझाइयो । पुलिसले उनलाई मद्दत गर्ने अश्वासनमा घटना स्वीकार्न लगाए । अहिले उनि कर्तव्य ज्यान मुद्दामा १० बर्षदेखि राजविराज जेलमा छन । पंचायत कालका कुरा नगरौं । संसद काललाई पनि छाडौं । केही अपवाद बाहेक यी प्रतिनिधी घटनाहरू गणतन्त्र नेपालका हुन् । प्रायसः यी घटनाहरू आफूलाई रविन हुड देखाउने प्रहरी हाकिमहरू र गणतन्त्रका सांढे गृहमंत्रीहरूका पालामा भएका हुन् । कत्ति फरक आयो-कर्तव्य, सोच, चिन्तन र कार्यमा ? 
****