My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य


 आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ ।


तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

सुरेन्द्र साहले वाचन गर्नु भएको प्रेस विज्ञप्ति अनुसार मधेसी जनअधिकार फोरम-मधेसका केन्द्रीय सदस्यहरु डम्बर नारायण लाल कर्ण, प्रकाश चौधरीविमला देवी यादवमधुरी यादवराम शंकर यादव, विद्यार्थी फ्रन्टका केन्द्रीय कावा अध्यक्ष राकेश रोशन यादव र केन्द्रीय नेताहरु रामअषिश यादव, रघुविर साह, राम कुमार यादव, राजेन्द्र मंडल, सुधन मुखिया, देवनन्दन साह, भगवान दास, रुपेश मंडल, कमल राय, भाग्य नारायण यादव, दिनेश साह, हिरालाल साह र दिनेश गुप्ता अभियानमा प्रवेश गर्नु भएको हो ।

मधेसी जनअधिकार फोरम-मधेसको गठन पहिलो मधेस आन्दोलन पश्चात फोरम नेपाल र नेपाल सरकारका बीच २२ सूत्रीय सम्झौता भएपछि फोरम नेपालमा विभाजन भै भएको थियो । उपेन्द्र यादवले उक्त सम्झौता गरेर मधेस आन्दोलनलाई  विचलित तथा अनिणिर्त बनाएको आरोप लगाउदै धेरै आन्दोलनकारीहरु फोरम नेपालबाट अलग्गिएका थिए ।

आजको प्रेस सम्मेलनलाई सम्बोधन गर्नु हुदै महासचिव सुरेन्द्र साहले अब तमरा अभियानसंग काधमा काध मिलाएर सम्पूर्ण उर्जाका साथ नयां मधेस आन्दोलनको तयारीमा लाग्ने बताउनु भयो ।

तमरा अभियान सप्तरीका संगठन संयोजक रामदत्त साहले अभियानमा सरिक हुने अभियानीहरुको स्वागत र अभियानका नेता राजेन्द्र गुप्ताले धन्यवाद दिनु भएको थियो । यस मौकामा अभियानका बरिष्ठ नेता आर.डी. आजादले तमरा अभियानका हालका सम्पूर्ण संगठनात्मक कार्यहरुको वारेमा जानकारी गराउनु भएको थियो भने संयोजक जय प्रकाश गुप्ताले वर्तमान संविधान सभाबाट किमार्थ पनि राज्यको रुपान्तरण सहितको नयां संविधान बन्न नसक्ने भएकोले अब मधेसीहरुले आन्दोलनलाई विकल्पहिन ठान्नु पर्ने बताउनु भयो । यस सन्दर्भमा गुप्ताले अभियानको आधिकारिक धारणा एक भिन्नै प्रेस वक्तव्य मार्फत सार्वजनिक गर्नु भयो । यस वक्तव्यको पूर्ण पाठ यस अनुसार छ ः 


 

 तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

 
 तराई मधेस राष्ट्रिय अभियानको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम जारी छ । हालसम्ममा सर्लाही, रौतहट, बारा,  पर्सा, सुनसरी र रुपन्देहीमा प्रशिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । आउदो जेठ १७ गते सप्तरीको राजविराजमा अगामी प्रशिक्षण कार्यक्रम हुदैछ । यस श्रृंखलाको प्रत्येक कार्यक्रमहरुमा अभियानका कम्तिमा १२५ जना संगठित सदस्यहरुलाई संगठनात्मक तथा वैचारिक बिषयहरुमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षणका बिषयहरुमा  १) नयासंविधान सभाको प्रतिगमनकारी चरित्रः राज्य रुपान्तरणको क्षीण संभावना, २) नेपालमा मधेसी जागरणको इतिहास र भावी आन्दोलनको दिशा, ३) तमरा अभियान कस्तो हुने र कसरी एक क्रान्तिकारी संगठनको निर्माण गर्ने ? ४) विश्व सन्दर्भमा युवा आन्दोलनको इतिहास र अबका मधेसी युवाको दायित्व, ५) मधेसी समुदायको अस्तित्व रक्षाका लागि किन आन्दोलन नै एकमात्र विकल्प ? ६) संविधान सभामा रहेका मधेसी दलहरुको सत्ता समर्पणवादी सोच र त्यसको प्रतिकार-जस्ता बिषयहरु समेटिएको छ । तमरा अभियानले समग्र प्रशिक्षणको उद्देश्यलाई १) अभियानको दायित्व र कार्यभार, २) अभियानको दिशा र दृष्टिकोण, ३) अभियानको संगठन र प्रशिक्षण र, ४) भावी संघर्षको तयारी र मधेसको मुक्तिमा निर्धारित गरेको छ ।

यसरी अभियानले कार्यकर्ता प्रशिक्षणको साथै केहीअघि जनकपुरमा अभियानको चिन्तन शिविर र रौतहटको भगवानपुरमा मुसलमान समुदायसंग वृहद् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । हाल तमरा अभियानको भातृ संगठनको रुपमा तराई मधेस युवा अभियानको गठन भएको छ । श्री ललित मल्लिक संयोजक रहेको यस युवा अभियानले पनि झापा, मोरंग, सुनसरी, सप्तरी जिल्लाहरु हुदै तीव्र रुपले संगठनात्मक कार्यमा जोड दिएको छ ।

हाल तमरा अभियानमा मधेसका विभिन्न राजनीतिक दलहरु र संगठनमा रहेका क्रान्तिकारी नेता-  कार्यकर्ताहरुको प्रवेश जारी छ । तमरा अभियानको क्रान्तिकारी सोच र कार्यदिशामा विचलन नआउने गरी हाल भै रहेको यस्तो प्रवेशले यस अभियानलाई ठोस संगठनात्मक शक्ति प्रदान गर्दैछ । अहिले भर्खरै मधेसी जनअधिकार फोरम मधेसका महासचिव श्री सुरेन्द्र साह सहित त्यस पार्टी र अन्य मधेस केन्द्रीत दलका केही केन्द्रीय नेताहरुको अभियानमा प्रवेशको सम्पूर्ण अभियानीहरु हार्दीक स्वागत गर्दछौं । निकट भविष्यमै मोरंगमा र सिरहामा यस्तै प्रवेशको कार्यक्रम हुनेछ ।

मधेसको वर्तमान संघर्ष एकातिर एकात्मवादी राज्यसत्ताको खिलाफमा छ भने अर्कोतिर मधेसीको नाममा संविधान सभाभित्र रहेका यथास्थितिवादी गद्दारहरुको बिरुद्धमा छ । संघर्षको यस चरित्रलाई नबुझ्ने वा बुझ्न नचाहने मधेसी समुदाय भित्रका जुनसुकै तवका त्यही गद्दारवर्गका मतियार हुन् । तसर्थ, अब सच्चा क्रान्तिकारी मधेसीले बहुकोणीय लडाई लडनु परेको छ । यस लडाईमा हाम्रो ध्येय नै कि मधेसको मुक्ति कि, राज्य सत्ताबाट दिइने मृत्यूलाई स्वीकार गर्नु हो । तर, यसो भन्नु पर्दा, जो कोहीले बिर्सनु हुन्न कि, आजसम्म संसार भर भएका कुनैपनि मुक्ति आन्दोलनमा कहींपनि जनता हारेका छैनन् । मधेसी जनता पनि हार्ने छैनन् ।

तमरा अभियान मधेसी राजनीतिलाई सत्ता समर्पण र मुद्दा विर्सजनवादीको जंजालबाट मुक्त गर्न चाहन्छ । हामी स्पष्टतः भन्दै छौं ः "मधेस का वलिदान सत्ता का खेल नही । स्वशासन नही तो राज्य के साथ कोई मेल नही ।" तसर्थ हामी मधेसमा आत्म समर्पणवादी चरित्रको र जातीय दुराशयमा डुबेको स्थायी राज्यसत्ताका मतियारहरुको भ्रमलाई चिर्दै अब एक नयाक्रान्तिकारी धारको निर्माण गर्न हाल आशाका एकमात्र संगठन तमरा अभियानलाई बलियो बनाउन, यसमा सरिक हुन सबै क्रान्तिकारी मधेसीहरुमा अपील गर्दछौं । 

 
 जय प्रकाश गुप्ता
संयोजक, तमरा अभियान                                      मिति ः २०७१, जेठ १४ गते, राजविराज