My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तमराको चिन्तन शिविर सम्पन्न तथा यसका निष्कर्षहरू

तमराको चिन्तन शिविर सम्पन्न तथा यसका निष्कर्षहरू


 चिन्तन शिविर सम्पन्न तथा यसका निष्कर्षहरू
जनकपुरमा तराई मधेस राष्ट्रिय अभियानको केन्द्रीय चिन्तन शिविर सम्पन्न भएको छ । यही पुसको ७ र ८ गते दुइ दिनसम्म चलेको यस शिविरमा मधेसका बिभिन्न जिल्लाहरूबाट गरी ६० जनाको सहभागिता थियो । अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले उद्घाटन गर्नु भएको शिविर अभियानको धनुषा जिल्ला संगठन निर्माण समितिका संयोजक प्रदीप हाथीको सभापतित्वमा सम्पन्न भएको हो । यस चिन्तन शिविरमा अभियानका नेताहरू आर.डी आजाद, देवेश झा र अमर मंडलले क्रान्तिकारी संगठनको निर्माण र त्यसका चुनौतिहरू, संविधान सभाको निर्वाचनमा मधेसी पार्टीको अवस्था र अब अभियानको दायित्व, संविधान सभाको निर्वाचनमा विजयी दलहरूको चरित्र र नयां संविधानको संभावना जस्ता बिषयहरूमा लिखित दिशापत्रका साथ गंभीर विचार विमर्श भएको थियो । यसैगरी चिन्तन शिविरमा तराई मधेस राष्ट्रिय अभियानका घोषणापत्रलाई अन्तिम रुप दिइएको छ ।

सम्पूर्ण सहभागीहरूको अन्तरक्रियात्मक विचार विमर्शको परिपाटीबाट सम्पन्न चिन्तन शिविरको निष्कर्षा १) यस पटकको संविधान सभाको निर्वाचनपछि कथित मधेसी दलहरूको झुठो क्रान्तिकारिता स्वयं मधेसी जनताबाट नै तिस्कृत भैसकेको अवस्थामा मधेस आन्दोलनका भावी कार्यभारको निर्वाह तथा रक्षाकालागि तराई मधेस राष्ट्रिय अभियानलाई एक क्रान्तिकारी राजनीतिक संगठनमा रूपान्तरित गर्ने र यसका लागि ठोस संगठनात्मक आधारहरू खडागर्ने निष्कर्ष निकालिएको छ । २) अभियानको विचारमा अब  संविधान सभाले राज्यको रूपान्तरण सहितको नयां संविधान निर्माण गर्न सक्दैन । मधेसको राजनीतिक आकांक्षाहरू त झन्ने संविधान सभाको माध्यमबाट कुनैपनि अनुमानको आधारमा पुरा हुने स्थिति नै छैन । फलतः मधेसका अधिकारहरूको प्राप्तिकालागि एक मात्र बाटो तथा विकल्प आन्दोलन नै देखिएकोले बस्तुपरक तयारी गर्दै अहिंसात्मक आन्दोलनको दिशामा लाग्ने ठोस निष्कर्ष निकालेको छ । ३) अभियानले भनेको छ-आउदो घटनाक्रमले स्पष्ट पार्दै लाने छ कि, संविधान सभामा मधेसी पार्टीहरूको कमजोर स्थितिले उनिहरूलाई झन् झन् सत्ता लम्पट बनाउने छ । मधेसी पार्टीहरू आफ्नो अस्तित्वको रक्षाकालागि मुलुकको स्थायी सत्ताका अगाडी झन् झन् समर्पणवादी हुदै जाने छन । आफ्नो भ्रष्ट कारवाहीहरूबाट जोगिन नेपाली राज्य सत्ताको लाचार मतियार   हुनेछन् । फलतः अबका दिनहरूमा संविधान सभाभित्र मधेसी दलहरू संसदीय भासका बेकम्मा फाजिल खेलाडी हुनेछन् । ४) अभियानले भनेको छ-उपर्युक्त अवस्थामा क्रान्तिकारी मधेसी शक्तिको तत्काल निर्माण हुन नसकेमा मधेसी जनताले उपयुक्त विकल्पको अभावमा फगत भावनावश फेरी यिनै मधेसी दलहरूलाई परिवर्तनको वाहक मान्ने गलतीमा पर्नेछन् । जनताको यस मनःस्थितिको लाभ लिएर यिनै अवसरवादी मधेसी दलहरूले बिभिन्न नामधारी मोर्चा आदि बनाएर मधेसी जनतालाई झन् झन् शोषणमा पार्ने छन् । ५) माथी भनिएको दुरावस्थाबाट मधेसी जनतालाई जोगाउन र आन्दोलनको वास्तविक शक्तिको निर्माण गर्न संविधान सभामा गएका सत्ता समर्पण र मुद्दा विर्सजनवादी दलहरूलाई वाहेकगरी क्रान्तिकारी चरित्रका आन्दोलनकारी गठबन्धनको निर्माण गर्ने निष्कर्ष निकालिएको छ । ६) अभियानको दृष्टिमा संविधान सभा भित्रका मधेसी दलहरू अब नेपाली कांग्रेस-एमाले र एकिकृत माओवादीगरी दुइ खेमामा उनिहरूको अनुचर एवं सहयोगीको रूपमा ध्रुविकृत हुनेछन् । उनिहरूबाट संविधान सभामा मधेस आन्दोलनको उपलब्धिहरूको रक्षा र मधेसको भावनानुसारको राज्यको रूपान्तरण संभव नभएको निष्कर्ष निकाल्दै भनिएको छ-मधेसी राजनीतिका यी अमृतालिंगम प्रवृतिका मतियारहरू अब असान्दर्भिक भैसकेका छन् र अब नयां मधेस आन्दोलनबाट यिनीहरूलाई विस्थापित गर्नुपर्ने वेला आएको हो । अभियानले भनेको छ, जनकपुरको यस चिन्तन शिविरपछि तराई मधेस राष्ट्रिय अभियान अब एक क्रान्तिकारी राजनीतिक संगठन भएको छ । ७) अभियानले निकट भविष्यमै मधेसका हरेक जिल्लाहरूमा आन्दोलनको तयारीका लागि आन्दोलनकारी जमातको निर्माण गर्दै जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको  छ । साथै यथाशिघ्र अभियानले केन्द्रीय समिति र कोर कमिटीको गठन गरी सोलाई सार्वजनिक गर्ने भनेको छ ।   

 
जय प्रकाश गुप्ता

केन्द्रीय संयोजक              

जनकपुरधाम, पुस ९ गते, २०७०