My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

मधेसमा स्वेच्छाचारी गिरफतारी वारे तमरा अभियानको अपील

मधेसमा स्वेच्छाचारी गिरफतारी वारे तमरा अभियानको अपील


 मधेसमा स्वेच्छाचारी गिरफतारी वारे तमरा अभियानको अपील
संविधान सभाको निर्वाचन पूर्व र त्यसपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले मधेसका केही जिल्लाहरूमा व्यापक रूपमा गैरकानूनी गिरफतारी थालेको छ । तराई-मधेसका शसस्त्र समूहहरूलाई निमिट्यान्न पार्ने सार्वजनिक सरकारी अभिव्यक्तिका साथ थालिएको गिरफतारीको यस क्रममा मधेसको शांतिपूर्ण आन्दोलनमा लाग्ने राजनीतिक कार्यकर्ताहरूलाई समेत गिरतार गरी झुठा मुद्दामा फसाउन थालिएको घटना यता गंभीर चिन्ताको बिषय भएको छ ।
हालै नेपालगंजमा प्रहरीले गरेको तराई मधेस राष्ट्रिय अभियानका कार्यकर्ता राम सिंह सोनीको गिरफतारी यसैको उदाहरण हो । सोनी विगत ४ बर्षदेखि मधेसी जनअधिकार फोरम नेपालसंग सम्वद्ध मधेसी विद्यार्थी फ्रन्टको केन्द्रीय उपाध्यक्ष थिए । गत चैत्र महिनामा उनि तराई मधेस राष्ट्रिय अभियानसंग आवद्ध भएका हुन र हाल उनि अभियानका केन्द्रीय परिषदका सदस्य पनि   हुन् । गएको कार्तिक ३ गते विराटनगरमा आयोजित अभियानको राष्ट्रिय परिषदको बैठकमा उनि सहभागी थिए । हाल उनलाई प्रहरी गिरतार गरी तराईको भूमिगत भगत सिंह समूहसंग आवद्धता जोडेर मुद्दा चलाउन म्याद लिएको छ ।
यस्ता कयौं उदाहरण अहिले देखिदैछ । अहिले मधेसका शसस्त्र समूहका मानिसहरूलाई गिरतार गरी अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण गर्न लागू गरिएको संगठित अपराध सम्वन्धि मुद्दा चलाइदैछ । प्रहरी र गृहमंत्रालयका यी कार्यहरू मानव अधिकारको खुला उलंघनका साथै कानूनी राज्यको मान्यताको दुरुपयोग पनि हो ।  तराई मधेस राष्ट्रिय अभियान यस्ता स्वेच्छाचारी कार्यलाई तत्काल रोक्न नेपाल सरकारसंग मांग गर्दछ । साथै, मुलुककै एक भागमा निरन्तर भैरहेको यस्ता कार्यहरूका वारेमा सजगता अपनाउदै आवाज उठाउन मानव अधिकारवादी नेताहरू एवं संघ संगठनमा अपील पनि गर्दछौं ।

जयप्रकाश गुप्ता

संयोजक, तमरा अभियान                                                मिति ः मंसीर २४, २०७०