My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

जनताले यथास्थितिवादी मधेसी नेताहरूलाई सजाय दिएको हो । मधेसी जनता अपराजेय छन् ।

जनताले यथास्थितिवादी मधेसी नेताहरूलाई सजाय दिएको  हो । मधेसी जनता अपराजेय छन् ।

अब मधेसीले ब्योहोर्नु पर्ने संकटको मुकाबिला गर्न तराइ मधेस राष्ट्रिय अभियानको आवद्धतामा जुट्न मधेसका सबै क्रान्तिकारी शक्तिहरू र जन समुदायमा अपील गर्दछौ ।

लहान - तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले 'चुनावमा गएपछि त्यसको नतिजालाई स्वीकार्नु पर्नेमा अन्यथा भनेर मधेसी दलहरु गल्ती कमजोरीमाथि पर्दा हाल्ने प्रयत्न गर्दैछन भन्नु भएको छ । चुनावी परिणाम सार्वजनिक भएपछि मँगलबार पहिलोपटक लहानमा संचारकर्मीसँग उनले भने, ‘कतिपय विश्लेषकले अब मधेसको मुद्दा समाप्त भयो भनिरहेका छन् जुन विल्कुलै लगत छ। चुनावी परिणामले सत्ता लोलुप मधेसी दलहरुको अवस्था कमजोर पारेको छ मधेसको मुद्दा होइन। मधेस आन्दोलनपछि परिवर्तणको तीन माध्यम मध्ये दुई माध्यमको औचित्य सकिएको छ अब सडक संघर्ष एकमात्र विकल्प जिवित छ।

गुप्ताले भने, ‘ सशक्त मधेस आन्दोलनका लागि क्रान्तिकारी शक्तिहरु गोलबन्द हुँदैछ  चुनावमा सहभागी मधेसी दलहरु आन्दोलनको मोर्चामा अटाउँछ कि भने जिज्ञामा उनले मधेसी दलहरुप्रति कटाक्ष गर्दै भने,‘ गधालाई साबुनले धोएर गाई बनाउनुजस्तै हो मधेसी दललाई मधेसको रुपान्तरणको मुद्दामा आन्दोलनमा ल्याउनु। उहाँले संविधानसभा २०७० को निर्वाचनको परिणामले संविधानसभा र सरकारमा गएर मधेसको माग पुरा गराउने सम्भावना सम्पूर्ण रुपमा समाप्त भएको बताउनुभयो । गुप्ताले भन्नुभयो, ‘म हाम्रो संगठनको तर्फवाट मधेस भित्रको क्रान्तिकारी धारहरुलाई एकत्रित गर्ने प्रयत्न गर्छु र गर्दैछु ।


जय प्रकाश गुप्ताले भन्नु भयो  मैले स्वयम मधेसवादी दलका नेताहरु विजय गच्छेदार,  महन्थ ठाकुर, राजेन्द्र महतो र फोरम नेपालका अन्य नेताहरुलाई भेटेर सम्झाएको थिए’, पत्रकार सम्मेलनमा गुप्ताले जोड दिदै भन्नुभयो, ‘यथास्थितिमा निर्वाचन भयो भने बहिष्करणमा परेका वर्गहरुको प्रतिनिधित्व घट्ने छ । निर्वाचनमा जानु अघि केही कानूनी प्रावधानहरुलाई सच्याईएन भने दुर्भाग्यपूर्ण परिणाम आउने छ । तर कोही सचेत भएनन् । त्यसैले निर्वाचणको परिणाम मैले भने जस्तै आएको छ । उहाँले भन्नुभयो, ‘मैले दुई वटा कुरा पहिल्यै राखेको थिए । पहिलो कुरा २०६४ साल जस्तो आम राष्ट्रिय सहमतिको वातावरण बन्नुपर्छ । नत्र मुलुक द्धन्द्धमा   फस्छ । दोश्रो कुरा यो निर्वाचनले बहिष्करणमा परेका वर्गहरु प्रतिनिधित्व घट्छ । आखिर त्यही नतिजा सामुन्ने आयो । गुप्ताले संविधानसभाको निर्वाचन २०७० को परिणामले मधेसी मुद्दा, स्वार्थ र आकांक्षाहरुलाई धरापमा पारेको स्पष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यद्यपी हामीले यो निर्वाचनमा सहभागिता जनाएका थिएनौं न त सकृय बहिष्कार नै गरेका थियौं र हामी निर्वाचनमा निरपेक्ष रह्यौं किनकी हामीलाई थाहा थियो यो निर्वाचनले मधेसी मुद्दाहरुलाई न्यूनिकरण गर्ने छ, मधेसी मागहरुलाई संस्थागत गर्ने छैन ।यो निर्वाचन राज्य रुपान्तरणका लागि प्रयोजनहिन हुने गुप्ताको भनाई थियो ।  निर्वाचन क्षेत्रको पुनरावलोकन र पुननिर्धारण नहुनु र मतदाता संख्या घट्ने गरी मतदाता नामावली तयार हुनु नै अहिलेको मधेसी प्रतिनिधित्व घट्ने कारण हो भन्दै गुप्ताले मधेसवादी दलहरुले यो कुरा नबुझनु दुर्भाग्य भएको बताउनुभयो ।

जय प्रकाश गुप्ताले जारी गर्नु भएको वक्तव्यको पूर्ण पाठ –

संविधान सभा निर्वाचन परिणाम वारे तमरा अभियानको प्रेस विज्ञप्ति

जनताले कथित धोकेवाज र यथास्थितिवादी मधेसी नेताहरू र तिनका पार्टीलाई सजाय दिएको  हो । मधेसी जनता अपराजेय छन्-

संविधान सभाको निर्वाचनको परिणामलाई हामीले अप्रत्याशित र आश्चर्यको रूपमा लिएका  छैनौं । चार पक्षीय राजनीतिक संयन्त्रले षडयन्त्रपूर्ण ११ सूत्रीय सम्झौता गरेकै दिन हामीले भनेका थियौं कि, "विद्यमान केही संवैधानिक र कानूनी प्रावधानमा सुधार नभै निर्वाचन हुने कुरामा सहमति जनाएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो मृत्यूपत्रमा हस्ताक्षर गरेको छ ।" यसपछि पनि पुनः वि.स. २०७०, कार्तिक ३ गते विराटनगरमा सम्पन्न भएको तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको निर्णयमा हामीले भनेका थियौं-"राज्यले हठपूर्वक चुनाव गराएपनि भावी संविधान सभाले राज्यको रूपान्तरण सहितको संविधान बनाउन   सक्दैन । संविधान सभाले मधेसी, जनजाति, दलित, महिला र बहिष्कृत समुदायको न्यून प्रतिनिधित्वलाई स्थापित गर्नेछ । भावी संविधान सभाले मधेसी समुदायको राजनीतिक अधिकारको मांगलाई अस्वीकार गर्नेछ र मधेस आन्दोलन पछिका सबै सहमतिहरूलाई समाप्त पार्नेछ । निर्वाचन निष्पक्ष हुने छैन ।" यस्ता भयावह परिणामहरूका वारेमा हामीले महन्थ ठाकुर, बिजय गच्छदार, राजेन्द्र महत्तो तथा उपेन्द्र यादव जस्ता मधेसी पार्टीका अध्यक्षहरूलाई सचेत गराएका थियौं । तर, सत्ता समर्पण र मुद्दा विसर्जनको आत्मघाती बाटोमा लागिसकेका यी सत्ता मतान्ध 'अमृतालिंगम प्रवृति' का नेताहरूले हाम्रो तथ्यपूर्ण र बस्तुपरक निष्कर्षलार्ई मानेनन् । जस्को दुर्गति आज यिनीहरूले भोग्नु परेको छ । आज हाम्रो ठहर छ कि, हामीले संविधान सभाको निर्वाचनमा सहभागी नभएर ठिक कदम चालेका थियौं । मधेसी समुदायको अधिकार प्राप्तिका लागि अब हामीले एक नयां क्रान्तिकारी धारको निर्माण गर्न कम्मर कस्ने वेला आएको छ । 

      संविधान सभाको निर्वाचनमा सहभागी भएका सत्तालोलुप एवं गैर क्रान्तिकारी, अवसरवादीहरूको लज्जाजनक पराजय मधेसी जनताको पराजय होईन । यस कथित निर्वाचनको परिणामलाई मधेसी जनताको हारको रूपमा चर्चा गरेर भावी आन्दोलनलाई हतोत्साहित नगर्न हामी सबैमा अनुरोध गर्न चाहन्छौं । वास्तवमा यस निर्वाचनमा मधेसी जनताले नै कथित धोकेवाज र यथास्थितिवादी मधेसी नेताहरू र तिनका पार्टीलाई सजाय दिएको हो । मधेसी जनता अजेय छन्-जनतालाई र जनताको क्रान्तिकारी चिन्तनको धारलाई यो कथित षडयन्त्रपूर्ण निर्वाचनको परिणामले हतोत्साहित गर्न सक्दैन । अब यो निश्चित भएको छ कि, चुनावमा जित्ने मुख्य दलहरूले संघीयता विरोधी संविधान ल्याउने कसरत  गर्नेछन् । यस्को पूर्वाभाष हुने वक्तव्यहरू आउन थालिसकेको छ । पराजित भएका महन्थ ठाकुर, बिजय गच्छदार, राजेन्द्र महत्तो तथा उपेन्द्र यादवहरू फेरी पनि सत्ताको फोहरी खेलमा लाग्छन नै । गधालाई धोएर गाई बनाउन सकिन्न् । हाम्रो विचारमा अब यिनीहरूले राजनीतिबाट अवकाश लिनु उचित हुनेछ । भावी संकटसंग यिनीहरू मुकाबिला गर्न सक्दैनन्, तसर्थ अब निकट भविष्यमा नै मधेसी जनताले ब्योहोर्नु पर्ने कठोर राजनीतिक संकटको मुकाबिला गर्न र एकतावद्ध भै शांतिपूण आन्दोलनको बाटोबाट प्रतिगमनकारी कार्यको प्रतिकार गर्न तराई मधेस राष्ट्रिय अभियानको संगठनिक आवद्धतामा जुट्न मधेसका सबै क्रान्तिकारी शक्तिहरू र जन समुदायमा अपील गर्दछौ । अबको हाम्रो संघर्ष तथा संगठनको कार्यक्रमका वारेमा अभियानको भावी निर्णयको जानकारी शिध्र गराउने  छौं ।

  जय प्रकाश गुप्ता

संयोजक, तमरा अभियान                                    मितिः २०७०, मंसीर ११ गते