My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !


 तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

 
-जय प्रकाश गुप्ता
 
सप्तरीको सीमावर्ती तिलाठी-कुनौली क्षेत्र केही काल तनावमा रह्यो । नेपाली क्षेत्रबाट बगेर भारतीय क्षेत्रमा पस्ने बर्षाकालीन नदीको वहावलाई कुनौली तिरका मानिसहरूले बाँध बनाई रोक्न खोजेपछि तनाव भएको हो । 
 
दशगजा क्षेत्रमा नेपाली सीमापारीका भारतीयहरुले बनाउन लागेको बाँध नेपाल तिरका जनताले  भत्काउन खोजेपछि झडप भयो । दुबै तिरका केही मानिसहरू घाइते भए । घाईते नेपालीहरूको तस्वीर बीर योद्धाको रूपमा नेपालका पत्रपत्रिका, संचार माध्यमहरूमा प्रस्तुत गरियो । भर्खरै नेपाली राजनीतिमा छाएको स्वाभिमानको मुद्दालाई यस घटनाले निकै हौस्याएको छ । तिलाठी तिरका जनताले भारतीय अतिक्रमणका खिलाफमा सीमा रक्षकका रूपमा लडाई लडे; यही सूरतालमा यस घटनाको चित्रण एवं चर्चा आउने समयमा भैरहने छ । अहिले यस बिषयलाई माध्यम बनाएर राजधानी काठमांडूको सडकमा भारतका बिरोधमा कार्यक्रमहरू हुन शुरू भैसकोको छ । वास्तवमा यी सब सतही कुरा हुन् । 
तिलाठीको घटना भारतीय अतिक्रमण होईन । न त तिलाठीका जनता भारतसंग लडेकै हुन् । यस बारे जे जस्तो बहस गरिएपनि यथार्थमा यो दुबै तिरका जनताका जनजीविकाका सवाल मात्र हुन् । यस्तो समस्या दशकौ देखि सीमावर्ती दुबै तिरका जनताले भोग्दै आएका छन् । यस समस्याले गर्दा तिलाठी र कुनौलीका जनताका बीच झडप भएकै हो । तर, यस पटक सप्तरीका पत्रकारहरूले काठमांडूको बजारमा बिक्न सक्ने सामग्री हो यो भनी पहिचान गरेर पस्कन सफल रहें । काठमांडूलाई पनि मन पर्यो-यस प्रकारको चित्रणयुक्त लेखाई । 
समस्या भने अर्कै हो । यदि समस्याको पहिचान गरिएन र यसलाई फगत अनुत्पादक राष्ट्रिय स्वाभिमानको लडाईसंग जोडेर शो-पिसको रूपमा राखियो भने आउने बर्षहरूमा पनि यही रूपमा यसको पुनरावृति भै नै रहन्छ । कुनै दिन काठमांडूको सत्ताले भारतलाई महान मित्रवत् छिमेकी देखेको बर्षातमा पनि तिलाठी र कुनौलीका बीच यस प्रकारको द्वन्द भै नै रहने छ । 
यस टिप्पणीसंग बि.स. २०६४, साउन २७ गते प्रकाशित कांतिपुरको सह प्रकाशन "नेपाल साप्ताहिक" को एक रिपोर्ट पोष्ट गरिएको छ । यस रिपोर्टमा तराईको बाढीको विपत्ती वारे विस्तृत चर्चा गरिएको छ । अहिलेको बाढीमा जसरी नेपालगंजको होलिया क्षेत्र, चितौन-नवलपरासीको सुस्ता क्षेत्र, महोत्तरीको जलेस्वर क्षेत्र र सप्तरीको तिलाठी-सकरापुरा क्षेत्रको चर्चा भै रहेको छ, ठिक यसै किसिमले त्यस बेलापनि पनि यिनै क्षेत्रहरूमा आएको बाढी र त्यहांका बासिन्दाहरूले भोग्नु परेको विभिषिकाको चर्चा गरिएको छ । 
सप्तरीमा यौटा रमाईलो प्रसंगको चर्चा हुने गरेको छ । खाडो नदीले हरेक बर्ष नै सप्तरीको तिलाठी लगायतका दक्षिणी क्षेत्रहरूलाई डुवानमा पार्ने गर्छ । खाडोको बौलाहा हुने पानीको भेल तोपा, महदेवा, इनरूवा, सखुवा हुदै तिलाठीलाई डुबानमा पार्दै कुनौली तिर बग्दछ । यो आजको कुरो मात्र हैन, दशकौं देखि यस्तै हुदै आएको छ । नेपालबाट यसरी बगी आउने पानीको प्रलयकारी प्रवाहबाट जोगिन भारतपट्टीको कुनौलीका मानिसहरू सदैव बच्ने उपाय खोज्दै आएका छन । यसरी कुनौलीबासीहरूले प्रायस: हरेक बर्ष नै दशगज्जामा बाँध बनाउने   गर्दछन । अब यसबाट जोगिन नेपालपट्टीका तिलाठी लगायत क्षेत्रका मानिसहरूको मुख्य काम हुने गर्दछ । 
अब यो बाँध न भत्काएमा पानीको स्वभाविक निकास कसरी हुने त ? 
यसका लागि सप्तरीको सि.डी.ओ. कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धारको यौटा सानो रकमको बजेट हुन्थ्यो । कहिलेकाँही यसमा जि.बि.स.ले पनि केही रकम थप्ने गर्दथ्यो । ठूलो बर्षा भएको बेला, बाढीले उत्पात गर्न लाग्दा, खाडो र महुली आदिको पानीले तिलाठी, रमपुरा-मल्हनीया, ईनरुवा-सखुवा, वेलही-तिलाठी आदि गाँउहरूलाई डुवानमा पार्न लाग्दा सप्तरीका सि.डी.ओ. ले तिलाठी तिरका मानिसहरूलाई बोलाएर त्यो बजेटको केही रकम दिन्थ्यो-रक्सी मासु खान र कुनौलीको त्यो बाँध कटान गर्नका लागि । यो पैसा र रकम लिन हुलका हुल मानिसहरू आउथें । रकम लिन्थे, राती भोज भतेर गर्थे र ठूलो बाढी आएको मौकापारी राती राती हुलका हुलमा गई कुनौलीबालाले दिनरात गरी बनाएको बाँधलाई भत्काई दिन्थे । हरेक बर्ष नै यस कामको सिलसिलामा दुबै तिरका मानिसहरूका बीच हात हालाहाल हुन्थ्यो । झैझगडा हुन्थ्यो । बढीको पानी बगेर जान्थ्यो । स्थिति यतिकै साम्य हुन्थ्यो । त्यहां राष्ट्रिय स्वाभिमानको कुरो, भारतीय अतिक्रमणको कुरो कहिल्यै उठ्दैन्थ्यो । हाल तिलाठीका देवनारायण यादवको बडो चर्चा छ । यस पटकको झडपमा यिनी घाईते भए । पत्रपत्रिका र सामाजिक संजालमा यिनको रगताम्य तस्वीर भाइरल भएको छ । यिनी नेपाली कांग्रेसका तर्फबाट उ बेला सप्तरी जि.बि.स.का सदस्य थिए । यिनीहरूपनि माथी चर्चा गरिएको बाँध भत्काउने काममा सरिक हुन्थे । यस पटकपनि यो समस्या जनजीविकाको समस्या नै हुन भन्ठानेर सरिक भएका हुन । अहिले भने यिनी नेपाल मुलुकप्रति मधेसी राष्ट्रवादीताको प्रतीक भएका छन् । यद्यपि यो एक संयोग मात्र हुन । 
म यस टिप्पणीका मार्फत सतही विवादमा जान चाहन्न । संक्षेपमा मेरो भन्नु छ कि तिलाठीको घटनालाई समस्याको चूरोको रुपमा हेरिनु पर्दछ । समस्याको चुरा हो:
१) चुरे भूस्वख:लनबाट उत्पन्न प्रतिकूलता: चुरेमा भैरहेको निरन्तरको भूस्वख:लनबाट तराईका नदीहरूको सतह माथी अग्लिएको हुदां जल प्रवाहको दिशा परिवर्तित भएको छ । 
२) चुरे र महाभारतबाट निस्कने खाडो, त्रियुगा,महुली र सुन्दरी नदी अर्ध चन्द्रकारमा पूर्व तिर फर्कदै कोशीमा प्रवेश गर्ने गरेको हो । यी नदीहरू कोशी ब्यारेजको पश्चिमी तटबन्धलाई छेडेर कोशीमा पस्ने गरेको हो । यसलाई बाटो दिनका लागि उक्त बाँधमा ढोका बेगरको पुल र केही सुलेज गेटहरू बनाईएको थियो । अहिले कोशी छिर्नु पहिले नै यी सबै नदीको प्रवाह रोकिएको छ । यसरी नै कोशी नदीले सुन्सरी तर्फ अर्थात पूर्वी छेउबाट बाटो बनाएकोले पश्चिमी भाग बालुवा थुप्रेर अग्लो भएको छ । यस्तो अवस्थामा यी सबैको पानी सोझै दक्षिण तर्फ बाटो बनाई वैरवा, पोर्ताहा, भारदह, सखुवा, हनुमाननगर, ईनरूवा र अर्को तर्फ राजबिराज, पकरी, तोपा, कट्टी बर्साइन, कोईलाडीहरू हुदै तिलाठी भई कुनौली तर्फ निकास खोज्छ । नदीले यो बाटो खोज्छ खोज्छ । 
३) यसबाट निकासको एक दायित्ववान पक्ष भारत सरकार हो । कोशी योजना र कोशी सम्झौता अनुसार उक्त नदीहरूको निर्बिघ्न प्रवाहको हेरचार र सम्भार गर्ने दायित्व भारत सरकारको हो । उसले बर्षौ देखि यो काम गरेको छैन ।
४) अर्को दायित्ववान पक्ष नेपाल सरकार हो । यिनले आवधिक रूपमा हुने भनिएको कोशी कोर्डिनेशन कमिटीको बैठकमा यस एजेण्डालाई राख्नु पर्दछ तर कहिल्यै राख्दैन । 
५) अहिलेको जस्तो अवस्था नआओस भनी सचेतता राख्ने महत्वपूर्ण जिम्मेवारी स्थानीय निकायहरूको  हो । जनताको हो । यस तर्फबाट जिम्मेवारीको निर्वाह भएको छैन । उदाहरणको लागि राजमार्ग भै भारदहबाट बरमझिया तिर लाग्नुस् । महुली नदीको पुल पर्छ । यो पुलबाट पूर्व तिर १ कि.मी. नपुग्दै नदीको प्रवाह खेतीका कारणले पुरै रोकिएको देखिन्छ । त्यत्रो खहरे महुली नदीको पानी त्यहांबाट कोशी तर्फ जानै सक्दैन । अब बरमझियाबाट कंचनपुर तिर बढनोस् । बरमझिया पार नहुदै सुन्दरी नदीको पुल पर्छ । पुलको पूर्व तिर नदीको भागलाई धान खेत बनाईएको छ । पश्चिम तिर बसोबास बनाईएको छ । त्यत्रो सुन्दरीको पानी कता बग्ने ? 
यी कुराहरू गंभीर बिषय हुन् । मैले भोगेको, जानेको, देखेको र अध्ययन गरेको बिषय हो । यसर्थ, यी बिषयहरूमा ध्यान नदिएमा निश्चित रुपमा फेरी २०७४ सालको बर्षामा पनि यही अवस्थाको पुनरावृति हुन्छ, जुन २०६४ साल र त्यस पछि हुदै आएको हो । 
तिलाठी र कुनौलीको झगडा जनजीविकाको झगडा हो । न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको संघर्ष नै हो । तर, यो विवाद भारत सरकार र नेपाल सरकारका बीच हुनुपर्ने हुनै पर्दछ । अन्यथा यसको समाधान हुन सक्दैन । भारत सरकारले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नै पर्दछ र नेपाल सरकारले आफ्ना देशको हितका खातिर भारतसंग कुटनैतिक माध्यमबाट पहल गर्नै पर्दछ । 
यी काम नगरेर कुनौली र तिलाठीमा राष्ट्रिय स्वाभिमानको जीत खोज्नु र भारतीय अतिक्रमणको खिलाफमा प्रतिरोध देख्नु मुर्खहरूको मुर्खता बाहेक अरू केही होईन । 
****