My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

पर्वते–मधेसी हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

पर्वते–मधेसी  हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

 राज्यले जसलाई आफ्ना विरुद्ध ठान्दछ, अनेकौं शासन व्यवस्थामा मानिसहरू प्रताडित            हुने गरेको इतिहास छ ।


 
हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

 
जेपी गुप्ता, संयोजक–तराई मधेस राष्ट्रिय अभियान
 जतिबेला तपाईलाई भ्रष्टाचारको मुद्दा लाग्यो र जेल लगियो, त्यतिबेला तपाईले चुनौतीको भाषामा ममाथि निकै ठूलो षडयन्त्र भएको छ, म यसको कुनै दिन भण्डाफोर गर्नेछु, यसको बदला लिनेछुभन्नु भएको थियो, जेलबाट बाहिर निस्किएर तपाईंको आफ्नो राजनीतिक जीवन फेरि सुरु भएको छ, यसकै बारेमा अलिकति प्रकाश परिदिनुस् न ?

 २०५१ सालमा तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा राजनीतिक पिडीत सहायता समिति गठन भएको थियो । त्यस समितिले २०१७ सालदेखि २०४६ सालसम्मका सम्पूर्ण राजनीतिक व्यक्तिहरूको फेहरिस्त, उनीहरूका मुद्दाहरू, उनीहरू जेल बसेको अवस्थाहरूको बारेमा एउटा विस्तृत रिपोर्ट सार्वजनिक गरेको थियो । आज तपाईंले त्यो रिपोर्ट पल्टाएर हेर्नुभयो भने त्यसमा उल्लेख भएका एक चौथाइ मानिसलाई पञ्चायती शासनले डाँका, चोरी, बलात्कार, लुटपाट, सरकारी राजश्व लुटेको मुद्दा, भ्रष्टाचारको मुद्दा लगाएको थियो तर ती सबैजना मुलुकका राजनीतिक व्यक्तिहरू थिए । तिनीहरू पञ्चायतको समयमा राजनीतिक आन्दोलनमा लागेकै कारण राज्यले उनीहरूलाई प्रताडित गर्नका लागि गैर राजनीतिक प्रकृतिका मुद्दाहरू लगाइएका थिए  ।

मलाई लाग्छ, आज तपाइँले नेपाली राज्य व्यवस्थालाई गहिरिएर, केलाएर हेर्नु भयो भने नेपाली राज्य व्यवस्थाको आधारभूत चरित्रमा परिवर्तन आएको छैन । खास गरेर राजनीतिमा जसले विमती राख्छ, मतभिन्नता राख्छ अथवा राज्य व्यवस्थाले जसलाई आफ्ना लागि शत्रु ठान्दछ, त्यस्ता मान्छेहरू आजपनि त्यही पञ्चायती सोचकै आधारमा राज्यबाट प्रताडित हुने गर्दछन् । र, मलाई मेरो मुद्दाको सन्दर्भमा यतिमात्र भन्नु छ कि म भ्रष्टाचारी होइन । मैले आजसम्म नेपाल सरकारबाट बिरामीको नाममा, उपचारको नाममा या अरू कुनै नाममा एक रुपैयाँ पनि अनुदान लिएको छैन ।

त्यसो हो भने तपाइँमाथि किन मुद्दा लगाइयो ? यसलाई तपाइँमाथिको राजनीतिक पुर्वाग्राहयुक्त कारवाही भन्ने त ?

 यो पुर्वाग्रह नै थियो । मैले अघि पनि भनेँ, जोसँग राज्यको विमती हुन्छ, राज्यले जसलाई आफ्ना विरुद्ध ठान्दछ, अनेकौं शासन व्यवस्थामा मानिसहरू प्रताडित हुने गरेको इतिहास छ । ममाथि त्यतिबेला मुद्दा लाग्यो, जतिखेर राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका थिए । राजा ज्ञानेन्द्रको अभियान नै थियो कि संसदीय व्यवस्थालाई गलत देखाएर शासन आफ्नो हातमा लिने कुरालाई जस्टिफाईगर्न सकियोस् । यस क्रममा म लगायत त्यतिखेर नेपाली कांग्रेसका प्रभावशाली नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्लेमाथि भ्रष्टाचारको मुद्दा लगाइयो । त्यतिमात्रै होइन, अरू धेरै मानिसहरू भरतमोहन अधिकारी, अर्जुन नरसिंह के.सी. ईश्वर पोख्रेल, भीम रावल यस्ता अनेकौं राजनीतिकर्मी उपर छानविन गरीयो ।

 तर तपाइँहरूलाई नै दोषी ठहर गर्दै कानुनी कठघरामा किन उभ्याइयो त ?

 यसो छ, यदि तपाईले नेपालमा अदालतको फैसलालाई नै अन्तिम सत्य मान्नुहुन्छ भने मेरो भन्नु केही छैन तर नेपालमा त्यस्तो हुने गरेको छैन । नेपालका अदालतहरू राजनीतिक सोचको आधारमा चलेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा अदालतका फैसलाहरू आएका छन् । यसका धेरै दृष्टान्त छन् । सायद अहिले समयले साथ दिंदैन त्यतातिर जानका लागि । म यतिमात्र भन्न चाहन्छु कि राजा ज्ञानेन्द्रको शासनकालमा म माथि एउटा निश्चित प्रयोजनको लागि भ्रष्टाचारको मुद्दा लगाइयो ।

 त्यो के थियो होला ? भन्न मिल्दैन र ?

 मैले अघि भनेँ कि, राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिने उद्देश्यलाई न्यायोचित ठहर्याउन संसदीय व्यवस्थालाई अफाप देखाउनु थियो । जुन काम २०१७ सालमा राजा महेन्द्रले गरेका थिए, त्यसैको पुनरावृत्ति राजा ज्ञानेन्द्रले गरे । तपाइँलाई थाहा छ, राजा ज्ञानेन्द्रले राजदरबारमा तत्कालीन धेरै राजनीतिक व्यक्तित्वहरूको सामुन्ने गिरिजाप्रसाद कोइरालालाई भनेका थिए कि— ‘गिरिजाप्रसाद तपाइँलाई त धेरै मानिसहरू भ्रष्ट भन्छन् र तपाइँ माथि त अख्तियारले अनुसन्धान पनि थालेको छ ।यो कुरा स्वयं गिरिजाप्रसाद कोइरालाले र त्यस मिटिङ्गमा बसेका व्यक्तिहरूले बाहिर सार्वजनिक गरे ।

राजा ज्ञानेन्द्रको समयमा राजनीतिक व्यक्तिहरू जो त्यतिखेर असहमत थिए, उनीहरूलाई प्रताडित गर्नका लागि र राजा ज्ञानेन्द्रको ध्येयलाई सावित गर्नका लागि हामीजस्ता मान्छेहरूलाई आरोपित गरियो । पछि, जब मुलुकमा प्रजातन्त्र आयो, मैले विशेष अदालतबाट सफाई पाएँ, तर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दियो र सर्वोच्चले पछिको बदलिंदो समयमा मेरो बदलिंदो भूमिकालाई ध्यानमा राखेर मलाई प्रताडित गर्ने काम गर्‍यो ।

त्यो बदलिंदो भूमिका भनेको चाहीं यहाँले नेपाली कांग्रेस छोडीसक्नु भएको थियो, मुलुकमा राजनीतिक परिवर्तन भइसकेको थियो भन्न खोज्नु भएको हो कि अरू केही छ ?

 होइन, राजनीतिमा मानिसहरू आफ्ना विचारहरू परिवर्तन गर्छन्, कालान्तरमा विभिन्न कारणले गर्दा म नेपाली कांग्रेसमा रहन सकिनँ । त्यति कारणले मात्रै अदालतले मप्रति पूर्वाग्रही फैसला गर्‍यो भनेर म भन्दिनँ ।

 पूर्वराजा ज्ञानेन्द्रले संसदीय व्यवस्थालाई कमजोर बनाउन संसदीय व्यवस्थाका केही राम्रा मान्छे माथि प्रहार गरे भन्नु भयो तर तपाईंलाई जति बेला मुद्दा पुनः ब्युताइयो र जेल पठाइयो, त्यो बेलाको राजनीतिक परिवेश भिन्न थियो, हैन र ?

पछिल्लो समयमा म मधेशको राजनीतिमा थिएँ र मधेशको राजनीतिलाई मैले नेतृत्व दिने काम पनि गरेँ । मेरो भूमिका निकै बढेको थियो । मैले मधेशको राजनीतिलाई एउटा परिणाममा पुर्‍याउन चाहेको पनि थिएँ र परिणाममा पुर्‍याउने बाटो भनेको आन्दोलको बाटो थियो । शान्तिपूर्ण तवरले बातचितको आधारमा त्यसबेलाका राजनीतिक शक्तिहरूले मधेशका सवालहरूलाई पूर्ण रूपले इग्नोरगर्न लागिसकेको अवस्था थियो । मधेसका राजनीतिक शक्तिहरू जो माओवादीसँगको गठबन्धनमा सरकार निर्माण गरेका थिए, मैले चाहिं त्यतिखेर भिन्न भूमिका र भिन्न दृष्टिकोणहरू ल्याएँ ।

मैले अघि भनेको बदलिएको राजनीतिक परिस्थिति त्यही हो । मैले मधेशको राजनीतिलाई नयाँ सोच र नयाँ दिशाबाट, आन्दोलनको बाटोबाट अगाडि बढाउन खोज्दा राज्य व्यवस्थाले मलाई मुलधारबाट पन्छाउनको लागि अदालतलाई प्रयोग गर्‍यो, अदालतलाई प्रभावित गर्‍यो । तपाइँले त्यतिखेरको घटनाक्रमलाई केलाएर हेर्नुभयो भने, म तपाइँलाई एकदुई वटा दृष्टान्त दिन्छु । फागुन ९ गते मेरो खिलाफमा सर्वोच्च अदालतले फैसला दिनुभन्दा पहिले झलनाथ खनालजीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल राष्ट्रपतिकहाँ गएर राष्ट्रपतिलाई दबाब दियो । जयप्रकाश गुप्तालाई कारवाही गरिनु पर्दछ र बाबुराम भट्टराईलाई भन्नुपर्दछ कि जेपी गुप्तालाई मन्त्रीबाट हटाइयोस् । राष्ट्रपति स्वयंले प्रधानमन्त्रीलाई बोलाएर जेपी गुप्ताका वक्तव्यहरू आपत्तिजनक छन् भन्नुभयो । एउटा मन्त्रीको रूपमा जेपी गुप्ताले मधेशको सवाललाई जसरी उठायो, त्यो उठाउनु अनुचित छ भनेर राष्ट्रपतिले सार्वजनिक रूपमा देशलाई आफ्नो सन्देश दिनुभयो ।

 एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल र मुलुकका राष्ट्रपति नै तपाइँविरुद्ध लाग्नुपर्ने कारण के हो ?

कारण के हो भने, म राज्यको रूपान्तरणको पक्षमा उभिएको मान्छे, राज्यको विद्यमान संरचनाले मुलुकमा समस्याहरूको समाधान हुँदैन भन्ने सोच राख्ने मान्छे, त्यसको लागि सम्पूर्ण मधेशी शक्तिलाई मैले परिचालित गरिरहेको अवस्था थियो । यो अवस्थामा मलाई चाहीं मूलधारबाट यदि पन्छाउन सकियो भने उनीहरूको लागि अनुकुल राजनीतिक परिस्थिति आउने आँकलन थियो र जब म जेल गएँ त्यसपछिको अवस्थादेखि यो पनि सत्य हो कि मधेशी मोर्चाले सत्ताको अगाडि समर्पण गर्‍यो । आज मधेशी मोर्चासँग कुनै एजेण्डा छैन, यस्तो अवस्था मेरो समयमा थिएन । मलाई लाग्छ यिनै कारणहरू हुन् जसले गर्दा उनीहरूले मलाई मूलधारबाट हटाउनको लागि सबै तारतम्य मिलाएका हुन् ।

मधेशमा तपाइँले खोज्नुभएको चाहीं के थियो ?

 मधेशका समस्याको प्रकृतिलाई हामीले गहिरिएर अध्ययन गर्नु पर्दछ । मधेशमा नेपालका आधाभन्दा बढी जनसंख्या बस्दछन् र मधेश नेपालमा एक्लो त्यो भूभाग हो जो सबै भन्दा लामो समयदेखि सामुदायिक र क्षेत्रीय उत्पिडनमा परेको छ । केन्द्रीय तथ्यांकको तपाइँले केलाएर अध्ययन गर्नुभयो भने मधेशले भोगिरहेको विभेद छर्लङ्ग हुन्छ । त्यसकारण मधेशको समस्या एउटा साधारण समस्या होइन । यो मुलुकको एउटा कुनै भूभागको मात्रै समस्या पनि होइन, यो एउटा राष्ट्रिय समस्या हो । यो समस्याको निदान जुनजुन कारणले गर्दा समस्या उत्पन्न भएका हुन् त्यसको समाधानको आधारमा गरिनुपर्दछ । यस अर्थमा यदि हामीले १, , , ४ भनेर भन्नु पर्दा मधेशको पहिलो समस्या पहिचानको समस्या हो । मधेशका दोस्रो समस्या भनेको मधेशको राज्य व्यवस्थामा प्रतिनिधित्वको, सहभागिताको, भागीदारीताको समस्या हो । तेस्रो समस्या भनेको मधेशका भाषाहरूको मान्यताको समस्या हो । चौथो समस्या आजसम्मका निर्वाचन प्रणालीले मधेशलाई उचित प्रतिनिधित्व गर्न सकेको छैन त्यसकारणले निर्वाचन प्रणालीमा आमुल परिवर्तनको समस्या हो । मधेशको समस्या मधेशका उत्पीडित, उपेक्षित समुदायहरू हो जो, यत्तिकै राज्यको मूलधारमा समावेश छैनन् । उनीहरूलाई उपयुक्त कानुन बनाएर सकारात्मक विभेदको सिद्धान्तद्वारा राज्यको मूलधारमा समावेश गरिनु पर्दछ भन्ने विषय हो । मधेशका सवालहरू निकै विकराल छन् ।

त्यसो हो भने मधेशमा भएको विद्रोह र आन्दोलनलाई यहाँले कसरी हेर्नुभयो ? ती विद्रोह र आन्दोलनले के उपलब्धि दिए ?

उपलब्धिको कुरा हामी पछि गरौंला तर अचानक मधेशमा जसरी विद्रोह भयो, मधेश जसरी बलेर अगाडि आयो मलाई लाग्छ यो कुनै म्यानुपुलेसनथिएन । त्यो कुनै प्रायोजित घटना पनि थिएन । माघ ५ गते देखि फागुन पहिलो सातासम्म थोरै दिनभित्र मधेशमा यसरी आन्दोलन दन्किएर अगाडि आयो, यति मान्छेहरू शहीद भए, हजारौं मानिसहरू घाइते भए, अपाङ्ग भए, थुनामा परे । यसले के देखाउँछ भने मधेशका जनता वास्तवमा यो राज्य व्यवस्थासँग सहमत छैनन्, थिएनन् । त्यसैले गर्दा अचानक एउटा विद्रोह जन्मिएर आयो । जे होस्, त्यो विद्रोह सरकारसँग शान्ति प्रक्रियाबाट सहमती भएर साम्य भयो तर राज्यको कर्तव्य बन्दछ कि जुन जुन मागलाई समाधान गर्नका लागि विद्रोह भएको थियो, राज्यले ती विषयहरूलाई समाधान गर्नुपर्दछ । 

 ०४६ सालपछि यहाँ आफैं पनि पटकपटक मन्त्रिपरिषदमा पुग्नुभयो र नेपाली कांग्रेसको शक्तिशाली नेताको रूपमा तपाईंको उदय पनि भयो । फेरि पनि जब मधेश आन्दोलन भयो, तपाइँ कांग्रेसको राजनीति छोडेर मधेशको राजनीतिमा जानुभयो । अब मधेशका ती नागरिकले तपाइँले मधेशका नागरिकका बारेमा बोलेका कुरा कसरी पत्याउने ?

 हेर्नुस्, म कुनै समयमा मन्त्री थिएँ र नेपाली कांग्रेसमा थिएँ । त्यतिखेर मैले ती विषयहरूलाई उठाइनँ र आज म नेपाली कांग्रेसबाट बाहिर आएको अवस्थामा मैले यी कुराहरूलाई उठाइरहेको छु, त्यसकारणले मधेशका मानिसहरूले मेरो कुरालाई कसरी लिने भन्ने विषय मुख्यकुरा होइन । विषय के हुन् भने हाम्रो समाजमा विभिन्न समयमा विभिन्न प्रकारका चेतना रहेका हुन्छन् । २००७ सालमा पुरै नेपालका नागरिकहरू जस्तै मधेशीहरू पनि राणा शासनका विरुद्धमा लागे । त्यतिखेरको एजेण्डा थियो कि राणा शासनको अन्त्य हुनुपर्दछ । तर २०१५ सालको निर्वाचनमा मधेशीहरू तराई कांग्रेसको नाममा संघीयता, भाषिक मान्यता, तराईको विकासको कुराहरूलाई नै आधार बनाएर निर्वाचनमा भाग लिए । यसको अर्थ त्यतिखेरको राजनीतिक चेतनाले त्यो विषयलाई अगाडि बढायो । त्यसैप्रकारले पञ्चायती व्यवस्थाको क्रममा हामी सबै पञ्चायती व्यवस्थाको खिलाफमा लाग्यौं । पञ्चायतको अवधिमा म पनि धेरै पटक जेल र थुनामा परेको मानिस हुं । जब २०४६ सालमा एउटा ठूलो परिवर्तन आयो, अनेक मानिसहरू आफ्ना सवाल लिएर अगाडि आए । दलितहरू आए, जनजाती आए, २०४७ सालपछि मधेशको सवाललाई लिएर सद्भावना पार्टीको गठन भयो । मैले भन्न खोजेको मुख्य कुरा, समयको गति अनुसार राजनीतिका एजेण्डाहरूको निर्धारण हुन्छ । के माओवादीले २०४८ सालमा सांसदीय निर्वाचनमा भाग लिएको होइन र ? माओवादीको पक्षपोषण गर्ने जनमोर्चा ९ जना सांसद लिएर संसदमा उपस्थित थियो । कृष्णबहादुर महरा, लिलामणि पोखरेलहरू संसदमा  थिए । त्यो पार्टीले पछि गणतन्त्रको लागि समस्त विद्रोहको बाटो किन लियो ? समयअनुसार राजनीतिक एजेण्डा परिवर्तन भएकै कारण यस्तो भएको त हो नि ।

त्यसो हो भने मधेश आन्दोलनपछि उदय भएका तराई, मधेशका क्षेत्रीय राजनीतिक दल र तपाइँ आफैले त्यति बेला नेतृत्व गर्नु भएको राजनीतिक घटकमा भिन्नता के थियो ? कतै तपाइँमाथि मधेश केन्द्रित अरू राजनीतिक दलहरूको पनि राजनीतिक षडयन्त्र थियो कि ?

हैन, हेर्नुस् अब मलाई राज्य व्यवस्थाले प्रताडित गर्‍यो भन्दैमा म चाहीं नेपाली समाजका सबै मेरा दुस्मन हुन्, सम्पूर्ण राजनीतिक पार्टीहरू मेरा दुस्मन हुन्, मधेशी पार्टीहरू मेरा दुस्मन हुन् भन्नेगरी हलुका किसिमले जान  चाहन्नँ । राज्यले प्रताडनाका लागि, दुःख दिनका लागि प्रतिनिधिपात्रहरूलाई चुन्दछ । पछिल्लो पटकमा म मधेशको राजनीतिमा लागेको हुनाले राज्यले मलाई एउटा प्रतिनिधिपात्रको रूपमा चुन्यो । मेरो आज त्यस कुरालाई लिएर राज्यसँग कुनै सिकायत छैन । मैले राज्यसँग कुनै बदलाको भावना पनि राखेको होइन । मेरो अगाडि मलाई जेल पठाएको घटनाको कारणबाट र मलाई भ्रष्टाचारको मुद्दाको सजायको कारणबाट व्यक्तिगत रूपमा जे जति नोक्सानी भएपनि, जे जति क्षति पुर्याए पनि मेरो अगाडि आजको एजेण्डा भनेको मधेशको समस्या अर्थात राष्ट्रिय समस्या हो । यसको समाधान हुन सकेमा हामी पर्वतीय, मधेशी, आदिवासी सबै सँगै बसेर यो देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

 अहिले मधेशले के चाहन्छ ? मधेशले के खोजेको छ ?

 मलाई लाग्छ मधेशले मात्रै खोजेको कुरामा नजाउँ अहिले । २०६३ सालमा दोस्रो जनआन्दोलन भयो । दोस्रो जनआन्दोलनले राज्यको विषयमा संरचनामा आमूल परिवर्तनको कुरालाई अगाडि उठायो । त्यसै आधारमा संघीयताको कुराहरू आएका हुन् । स्वरूपका कुराहरू आएका हुन् । निर्वाचन प्रणालीका कुराहरू आएका हुन्, भाषिक सवाल समाधानका कुराहरू आएका हुन् ।

फरक प्रसंगमा लागौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई कसरी लिनु भएको छ ?

मोदीको भ्रमण राष्ट्रिय परिप्रेक्ष्यमा महत्वपूर्ण रह्यो । यो भ्रमणपछि नेपाल सरकारले आर्थिक लाभ लिन सक्छ सक्दैन हेर्न बाँकी नै छ । संयुक्त प्रेस विज्ञप्तिमा भएका प्रतिवद्धताहरुका विषयमा भारतले ताकेता गर्न थालेको छ । तर नेपालले कुनै गृहकार्य गर्न सकिरहेको छैन ।

भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुष्मा स्वराजले मधेशवादी दलहरुका बारेमा गरेका टिप्पणीलाई कसरी लिनुहुन्छ ?

भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले मधेशवादी दलकाप्रति कुनै नकारात्मक कुरा गरेनन् । यो एकाएक संचार माध्यममा आयो । यसका बारेमा भारतीय दूतावासले खण्डन नै गरेको छ ।

 मोदी र स्वराज क्षेत्रीय दलहरुको पक्षमा नदेखिएको त साँचो नै हो नि ?

मोदीले देशको एकताका लागि पहाड र मधेशको दूरी घटाउनु पर्छ भन्ने सन्देश दिए । तर उनले क्षेत्रीय राजनीति र संघीयताको कहीँ कतै विरोध गरेका छैनन् । मोदीको संघीयताप्रति ठूलो मोह छ । उनले नेपालको संसदमा बोल्दा पनि कतै संघीयताको विरोध गरेका छैनन् ।

 मोदीको भ्रमणबाट मधेशवादी दलको साख गिर्दो छ भन्छन् नि ?

 किन बढ्ने ? हाम्रो देशको राजनीति हो । कुनै अर्को देशको प्रधानमन्त्रीले बोलेका भरमा साख उचो हुन हुँदैन ।

 एक मधेश एक प्रदेशका बारेमा दिल्लीको चासो कम देखिएको हो ?

दिल्लीको चासो हुनु र नहुनुले केही फरक पार्दैन । यो हाम्रो कुरा हो । यति हो दिल्ली संघीयता विरोधी छैन ।

मधेशवादी दलहरुको एकताको चर्चा चलिरहेको छ नि ?

 यो सामूहिक रुपमा घुँडा टेक्ने प्रयास मात्रै हो । अहिले एकएक गरेर सरकारका अगाडि घुँडा टेकेका मधेशवादी दलहरु एकभएर सामूहिकरुपमा घुँडा टेक्ने छन् ।

 मधेशवादी दलहरुको एकताले मधेशलाई घाटा हुन्छ ?

नाफा केही हुदैन । उनीहरु सामूहिक रुपमा घुँडा टेक्छन्, मैले भन्ने यति हो ।

 
Published in www.pahilokhabar.com
Published date:2014-08-19