My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात' मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो, त्यो षड्यन्त्रकै कदम थियो ।

'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'  मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो, त्यो षड्यन्त्रकै कदम थियो ।


 www.onsnews.com
'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'

 मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो, त्यो षड्यन्त्रकै एक कदम थियो ।
-जयप्रकाशप्रसाद गुप्ता
 
त्यो दिन भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ । सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो । सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो । मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो । त्यो षड्यन्त्रकै एक कदम थियो ।
 
मधेसी नेता जयप्रकाशप्रसाद गुप्ताले आफ्नो राजनीति समाप्त पार्न चारैतर्फबाट षड्यन्त्र भएको भन्दै त्यसबारे पुस्तकमार्फत खुलासा गर्ने बताएका छन् । आफ्नो प्रकाशोन्मुख पुस्तकमा उनले आफू सम्मिलित महत्वपूर्ण राजनीतिक घटनाका भित्री तथ्य पनि सार्वजनिक गर्ने बताएका छन् । गुप्ताले पुस्तक लेखनको कार्य भइरहेको र आगामी पाँच महिनाभित्र प्रकाशित गर्ने ओएनएसलाई जानकारी दिए । मंगलबार आफ्नो फेसबुकमार्फत एमाओवादी–मधेसी मोर्चाका नेता बिच भएको ४ बुँदे सहमति र त्यसपछिको ‘वाइन चियर्स’को तस्बिर सार्वजनिक गरेका गुप्ताले त्यो कार्य षड्यन्त्र खुलासाको सुरुवात भएको बताएका छन् । यसै सन्दर्भमा नेता गुप्तासँग आचार्य प्रमोद र राजु केसीले गरेको अन्र्तवार्ता :
 
एमाओवादी र मधेसी मोर्चा बिच ४ बुँदे सम्झौता र त्यसपछिको ‘चियर्स तस्बिर’ एकाएक सार्वजनिक गर्नुभयो नि !
 
मैले जुन तस्बिर र प्रसङ्ग फेसबुकमा राखेँ, त्यसलाई केही सञ्चारमाध्यमहरुले रक्सी पार्टीको रुपमा चर्चा गरे । यो त्यति हलुका तरिकाले चर्चा गर्नुपर्ने प्रसङ्ग हो जस्तो लाग्दैन । खुसी मनाउँदा वाइन चियर्स गर्नु ठूलो कुरा होइन । त्यसलाई स्वदेश र विदेशमा सामान्य रुपमा लिन लिइन्छ । यो एउटा चलन न हो । रक्सी पार्टीको रुपमा चर्चा गर्नु त्यो अल्लि अव्यवहारिक हुन्छ । 
 
मैले त एउटा सन्दर्भ स्मरण गराउनको लागि ती तस्बिर सार्वजनिक गरेको हुँ । माओवादी र मधेसवादी दलहरुको सरकार बनाउने बेलामा मेरो भूमिका महत्वपूर्ण थियो । त्यो दिन भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ । 
 
सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो । सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो । मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो । त्यो षड्यन्त्रकै एक कदम थियो ।
 
सिध्याउने खेल कसरी र कसले गरे ? 
 
समझदारी गर्ने मधेसवादी दल, माओवादी र अन्यत्रबाटै पनि षड्यन्त्र भएको हो । यस विषयमा म विस्तृत कुरा केही समयपछि सार्वजनिक गर्नेछु । म माथि भएका षड्यन्त्रको बारेमा मैले पुस्तक पनि लेख्दैछु । त्यसबाट पनि सबै कुरा स्पष्ट हुनेछ । 
 
समझदारी गर्दैमा षड्यन्त्र गर्नुपर्ने कारण के थियो ?
 
केही तत्वहरुले चार बुँदे सम्झौतालाई रुचीकर मानेका थिएनन् । सम्झौता भइसकेपछि ‘यो सम्झौताको अक्षरशः पालना भएन भने भट्टराईको सरकार टिक्दैन’ भनेर जुन अडान मैले लिएँ त्यसकारणले पनि म उपर षड्यन्त्र भयो । सम्झौता पालना नभएमा मधेसी मोर्चा पछाडि हट्नुपदर्छ भनेर मैले लिएको अडान पनि षड्यन्त्र हुनुपछाडिको एउटा कारक हो । त्यसै कारण मलाई जेल पठाइयो भन्ने जानकारीहरु मैले पाएको छु म जेलबाट छुटेपछि ।
 
तपाइँलाई त भ्रष्टचारको मुद्दा त पहिलेदेखि नै लागेको होइन र ?
 
यसको लामो घटनाक्रम छ । शाही सत्ताको समयमा म माथि पहिलो पटक मुद्दा चल्यो । राजाले ०६१ माघ १९ गते सत्ता टेकओभर (सत्ता आफ्नो हातमा) गर्ने वित्तिकै सबैभन्दा पहिले मलाई नै नजरबन्दमा किन राखियो ? शाही सत्तामा म एक्लो व्यक्ति हो, जसलाई पाँच पटकसम्म अदालतले रिहा गर्न आदेश दियो तर मलाई पाँच पटकसम्मै थुनियो । शाही सत्तामा म भन्दा बढी कोही थुनिएको छैन । जब शाही सत्ता समाप्त भयो, म राजनीतिमा फेरि सक्रिय भएँ । त्यसपछि माओवादी–मधेसवादी मिलेर सरकार पनि बन्यो । राजनीतिले जब एउटा टर्न (मोड) लियो, त्यत्तिखेरबाट मलाई मूलधारबाट हटाउन षड्यन्त्र गरियो । ०६३ सालपछि मैले विशेष अदालतबाट सफाइ पाएँ तर ०६८ फागुनमा मलाई सजायँ दिइयो ।
 
विशेष अदालतले तपाइँ र खुमबहादुर खड्काको मुद्दालाई खारेज गरेको भएपनि सर्वोच्चले उल्टायो । यसमा कांग्रेसकै हात छ भनेर खड्काले भनिरहेका छन् । तपाइँको केसमा पनि कांग्रेसको हात छ ?
 
खड्काजीले भनिरहनु भएको छ । तर मेरो मामिलामा कांग्रेसका नेताहरुले मेरो विरुद्ध त्यस्तो गरे भन्ने जानकारी छैन ।
 
माओवादी–मधेसी ४ बुँदे सम्झौतामा भारतको भूमिका कस्तो थियो ? 
 
मधेसवादी पार्टीहरुले गरेका हरेक सम्झौता र गतिविधिमा भारतको भूमिका रह्यो भन्ने आँकलन गर्छन् । यो सम्झौता हुनुमा भारतको भूमिका थिएन । बरु त्यो सम्झौतापछि भारत मधेसवादी दलहरुसँग अप्रसन्न रहेको थियो । 
 
सम्झौता हुँदा माओवादी र मधेसीदल बाहेक अरु कसको भूमिका थियो ?
 
त्यो दिन तस्बिरमा भएका नेताहरु र ती नेताका केही सहयोगी उपस्थित थिए । अरु कसैलाई थाहा थिए भोलिपल्ट विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक नहुँदासम्म ।
 
सम्झौतालाई लिएर भारत अप्रसन्न हुनुको कारण के रहेछ ?
 
त्यतिबेला भारतको संस्थापन पक्षको दृष्टिकोण माओवादी र मधेसी मिलेर सरकार नबने हुन्थ्यो भन्ने थियो । यो मैले मात्र होइन, सबै मधेसी दलले बुझेका थिए । अनि माओवादी र मधेसवादी पार्टीहरुमा यस विषयलाई लिएर मतभिन्नता देखियो । सम्झौता गरे पनि कार्यान्वयनको पक्षमा माओवादी नेताहरुले सकारात्मक भूमिका निर्वाह गरेनन् । त्यसपछि मैले एउटा कडा अडान लिएँ कि माओवादीले इमान्दारीपूर्वक सम्झौता पालना भएन भने मधेसवादीहरु सरकारबाट हट्नुपर्दछ । त्यही अडानकै कारण त्यही बिच षड्यन्त्रका तानाबाना बुनियो ।
 
आफ्नो कडा प्रतिस्पर्धीको रुपमा तपाइँ रहनुभएको भएर मधेसी दलहरुले षड्यन्त्र गरे भन्ने ठम्याई हो तपाइँको ?
 
राजनीतिमा एकले अर्कोलाई पन्छाउने घटनाक्रम विगतको दिनमा नेपालमा भइरहेकै छन् । त्यो पनि होला । त्यसलाई म इन्कार गर्दिन ।
 
सम्झौता गर्ने बेलामा रहेका मधेसी दलका नेताहरुसँग तपाइँको सम्बन्ध कस्तो छ ?
 
मधेसको राजनीतिमा दुईवटा धार छ । पहिलो अहिले संविधानसभामा सहभागी भएकाहरुको धार हो । संविधानसभामा गएकाहरुले सत्ताको लागि आफ्ना सबै मुद्दाहरुलाई समर्पण गरिसक्नुभएको छ । यिनीहरुले मुद्दाको सम्बोधन गर्न सक्दैनन् । यिनीहरु सत्ता समर्पण र मुद्दा विर्सजनवादको बाटोमा लागिसकेका छन् । यिनीहरुमा श्रीलंकाका तमिल नेता अमृता लिङ्गमको प्रवृत्ती हावी छ । यिनीहरु संसदीय व्यवस्थामा रहुन्जेल मधेसका जनतालाई दिग्भ्रमित बनाइराख्नेछन् ।
 
अब अर्को धार भनेको मधेसको हितको लागि नयाँ शक्ति बन्नुपर्छ भन्नेहरुको हो । जुन धारलाई मैले अगाडि बढाएको छु । अहिलेका दलहरुले मधेसको मुद्दालाई छाडिसके त्यसैले अब आन्दोलनको विकल्प छैन । त्यसैले अब मधेसमा नयाँ शक्ति निर्माण गर्नुपर्नेछ ।
 
सामाजिक कार्यक्रमहरुमा उहाँहरुसँग कहिलेकाहीँ भेटघाट भएपनि उहाँहरुसँग मेरो कुनै राजनीतिक समझदारी र तारतम्य मिलाएर अगाडि बढ्ने सम्भावना छैन ।
 
तपाइँलाई अहिले कांग्रेस छाडेर गल्ती गरेको रहेछु जस्तो भएको छ ?
 
मैले कुनै गल्ती गरेको होइन । मैले परिस्थितिको विश्लेषण गरेर पिछडिएका, उपेक्षित र बहिस्करणमा परेका नागरिकहरुको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको हुँ । मुलुकमा अहिले पनि एककिसिमको द्वन्द्व कायमै छ । त्यसको समाधानको पहल जारी नै राख्नेछु ।
W